Logo
१३ बैशाख २०८१, बिहीबार
(August 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युक्रेनको एक होटेलमा भएको आगलागमी ८ जनाले गुमाए आफ्नो ज्यान

किभ :  युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै आगलागी भएको छ । उक्त आगलागीमा परी ८ व्यक्तिको मृत्युका साथै १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ ।

देशको दक्षिणी शहरमा रहेको प्रसिद्ध होटेल टोक्यामा स्थानीय समयनुसार शनिबार बिहान १ः३५ मा सो आगलागी शुरु भएको थियो । आगलागीमा परी ८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १० घाइते भएका सरकारी अपतकालिन सेवाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आगलागीपछि सो इलाकाबाट १ सय ५० व्यक्तिलाई अन्यत्र सारिएको जनाइएको छ । करिब करिब ६५ जना अग्नि नियन्त्रक तथा १३ दमकलले निरन्तर तीन घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको बताइएको छ । रासस ÷एएफपी

प्रकाशित मिति: Aug 17, 2019

प्रतिक्रिया दिनुहोस्