Logo
८ बैशाख २०८१, शनिबार
(August 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऋतिक रोशन बने विश्वकै ह्यान्डसम अभिनेता

बलिउड अभिनेता एवम मिलेनियल सुपरस्टार ऋतिक रोशन संसारकै हेयाण्डसम पुरुष बन्न सफल भएका छन् । ऋतिक ‘टप ५ मस्ट ह्याण्डसम म्यान इन द वर्ल्ड अगस्ट २०१९’ को सूचीमा शीर्ष स्थानमा पर्न सफल रहेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

यस सूचीमा क्रिस इभान्स, डेभिड बेकह्याम, रोबर्ट प्याटिन्सनलगायतको नाम समावेश छ । । फिल्म ‘सुपर ३०’ मा आनन्द कुमारको भूमिका निभाएका ऋतिकलाई उक्त फिल्ममा साधारण शिक्षकको भूमिकामा देख्न सकिन्छ । यति साधारण भूमिका पनि सहजै निभाउन सक्ने ऋतिकलाई उनको व्यक्तित्व र लगनशिलताका कारण विश्वकै सबैभन्दा हेण्डसम पुरुषको उपाधि प्राप्त भयो ।

ऋतिक चलचित्रका द्वन्द्वदेखि नृत्य सबै विधामा अब्बल मानिन्छन् । अभिनयसँगै उनको आकर्षक शरीर, शालीन र सुन्दर व्यक्तित्वले उनलाई विशेष बनाउँछ । बलिउडमा उनको विशेषगरी नृत्यलाई खुबै प्रशंसा गरिन्छ ।

केही समयअघि उनीद्वारा अभिनीत ’सुपर ३०’ ले राम्रो व्यापार गरेको थियो । यसमा उनले गणितशास्त्री आनन्द कुमारको भूमिका निभाएका थिए । उनका ३० वटा फिल्म बक्स अफिसमा सुपरहिट बन्न सफल भएका छन् । उनको नयाँ फिल्म ’वार’ अक्टुबर २ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति: Aug 17, 2019

प्रतिक्रिया दिनुहोस्