Logo
१२ बैशाख २०८१, बुधबार
(August 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव कुमार नेपाललाई भेट्न दाहाल पुगे नेपाल निवास

काठमाडौँ :  सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज बिहान भेटवार्ता भएको छ । दुई नेताबीच भेटवार्ता नेपाल निवासमा भएको हो ।

हिजो बसेको नेकपा सचिवालयको बैठकमा नेता नेपालले प्राप्त गरेको वरिष्ठ नेताको वरियता आफूले पाउनु पर्ने झलनाथ खनालको प्रस्तावलाई अध्यक्ष केपी शर्मा ओली र दाहालले सकारात्मक रुपमा लिएका छन् । यसकारण नेपाललाई मनाउन भोलिपल्ट दाहाल नेपाल निवास पुगेका हुन् ।

त्यहाँ दाहाल र नेपालबीच झण्डै आधा घन्टा छलफल भएको बुझिएको छ । वरिष्ठ नेताको वरियता आफूले पाउनु पर्ने प्रस्ताव औपचारिक रुपमा सचिवालयमा पेश गरेपछि खनाल खुशी छन् भने नेपाल त्यसमा सहमत हुने देखिएको छैन ।

तर दुई अध्यक्ष ओली र दाहाल मिलेको खण्डमा त्यो वरियता खनाललाई नै दिने पक्षमा देखिन्छन् । दाहाल भने नेपाललाई त्यसमा मनाउने प्रयासमा त्यहाँ पुगेको बुझिएको छ ।

प्रकाशित मिति: Aug 17, 2019

प्रतिक्रिया दिनुहोस्