Logo
१३ बैशाख २०८१, बिहीबार
(August 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीमा जिप दुर्घटना : पत्रकार डायलसन अधिकारीको घटनास्थलमै मृत्यु

काठमाडौँ :  सप्तरीमा आज शनिबार भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट हिँडेको जिप अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो ।

रुपन्देहीबाट लगानी सम्मेलनका सहभागी बोकेर विराटनगर जाँदै गरेको वा १६ च २२३५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुर नगरपालिका -११ बक्साह चौकमा दुर्घटनामा परेको हो । अनियन्त्रित भएको जिपले पार्किङ गरी राखिएको स्कुटरमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रुपन्देहीका पत्रकार डायलसन अधिकारीको घटनास्थलमै मृत्यु भएको सप्तरीका एसपी मनोज यादवले बताएका छन् । अधिकारी रेडियो नेपालमा कार्यरत थिए ।

दुर्घटनामा रुपन्देही व्यापार संघका अध्यक्ष जेपि कँडेल, वडाध्यक्षहरु सोहन चौधरी, तारानाथ पाण्डेय र चालक अशोक भण्डारी घाइते भएका छन् । चालक भण्डारीको अवस्था गम्भीर रहेको एसपी यादवले बताए ।

प्रकाशित मिति: Aug 17, 2019

प्रतिक्रिया दिनुहोस्