Logo
८ बैशाख २०८१, शनिबार
(August 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

काठमाडौँ :  वरिष्ठ कलाकार सुभद्रा अधिकारीको आज शनिबार निधन भएको छ । विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले थुप्रै चर्चित नेपाली चलचित्रहरुमा अभिनय गरेकी छिन् ।

उनले ५ वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् । ६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट उनको अभिनय यात्रा सुरु भएको थियो । उनले आफ्नो सम्पूर्ण जीवन कलाकारितामा नै अर्पण गरेकी थिइन् ।

उनका श्रीमान् नाट्य कलाकार कृष्ण अधिकारीको यसअघि नै निधन भइसकेको छ ।

प्रकाशित मिति: Aug 17, 2019

प्रतिक्रिया दिनुहोस्