Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा र भारतीय दुतावासबीच दुरी बढ्दै, श्रद्धाञ्जलीसम्म दिन गएनन् शिर्ष नेता

कुनैबेला भारतीय दुतावासको ‘रबर स्टाम्प’को रुपमा मानिएको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र दुतावासबीच पछिल्लो समय दुरी बढेको छ ।

सानोतिनो सल्लाह गर्न समेत राजपाका सबै शिर्ष नेता दलबल सहित दुतावासमै पुग्ने गरेतापनि पछिल्लो समय भने ति नेताहरु श्रद्धाञ्जलीसम्म दिन गएनन् ।

भारतीय पुर्वविदेश मन्त्री सुष्मा स्वराजको निधनपछि दुतावासमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा समेत राजपाका कोहि पनि शिर्ष नेताहरु पुगेनन् ।

नेकपाका माधवकुमार नेपाल, झलनाथ खनाल, विष्णु पौडेल, राम कार्की, नेपाली कांग्रेसबाट रामचन्त्र पौडेल, प्रकाशशरण महत, महेश आर्चाय, सपाबाट राजेन्द्र श्रेष्ठ, रामसाहय यादव लगायतका नेताहरु पुगेपनि राजपाबाट भने कोहिपनि शिर्ष नेताहरु नपुगेको श्रोतको भनाई छ ।

भारतीय दुतावासले ३ दिनसम्म श्रद्धाञ्जलीका लागि शोक पुस्तिका समेत राखेपनि त्यसमा पनि राजपाका कुनैपनि शिर्ष नेताको शोक सन्देश नरहेको दुतावास निकट श्रोतले बतायो ।

उक्त पुस्तिकामा सरकारको तर्फबाट मन्त्री प्रदिप ज्ञवाली, इस्तियाक राइन, मातृका यादव समेतका मन्त्रीहरुको समेत शोक सन्देश रहेको छ । त्यसैगरी केहि नेता तथा ब्यक्तीहरुले चिठी मार्फत शोक सन्देश पठाएका छन् ।

‘तर राजपाका शिर्ष नेताहरुले सामान्य कट्सी मेन्टेन गर्न समेत चुकेका छन्’ दुतावासका एक अधिकारीले भने ‘यी कुराहरु समान्य होला तर यसलाई नोटिसमा भने लिइन्छ नै’ ।

शोक पुस्तिकामा समान्य नागरिकदेखि प्राय सबै क्षेत्रका ब्यत्तिहरुले स्वर्गीय स्वाराजप्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

उक्त पुस्तिकामा राजपाका केहि साना नेताहरुको शोक सन्देश रहेतापनि शिर्ष नेताहरुको भने शोक सन्देश नरहेको दुतावास श्रोतको भनाई छ ।

यद्यपि राजपाकी महासचिव तथा संघीय सांसद चन्दा चौधरी भने दिल्ली नै पुगेर स्वराजको अन्त्येष्टिमा समेत सहभागी भएकी थिइन् ।

प्रकाशित मिति: Aug 16, 2019

प्रतिक्रिया दिनुहोस्