Logo
८ बैशाख २०८१, शनिबार
(August 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिला सहमतिमा कारोबार, पैसा नउठेपछि प्रहरीकोमा मुद्दा : काठमाडौंमा सबै भन्दा बढी

काठमाडौं : पहिला सहमतिमा कारोबार  पछि पैसा नउठेपछि उपत्यकामा बैंकिङ कसुरका घटनामा वृद्धि हुँदै गएको छ । महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा मात्र गत आर्थिक वर्षमा २ हजार ५६६ विरुद्द बैंकिङ कसुरमा मुद्दा दर्ता भएको छ।

जसमा काठमाडौंमा २ हजार ३३८, भक्तपुरमा ७६ र ललितपुरमा १५२ जनाविरुद्द मुद्दा दायर भएको हो । बैंकिङ कसुरमा काठमाडौंमा १५, ललितपुरमा तीन र भक्तपुरमा तीन कार्यालयबाट मुद्दा चल्दै आएको छ ।

उपत्यकामा आव २०७४/०७५ मा ४८७ र आव २०७३/०७४ मा १० जनाविरुद्द बैंकिङ कसुरमा मुद्दा चलाइएको थियो। यसबाहेक उपत्यकाको महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत पनि बैङ्किङ कसुरमा मुद्दा चल्दै आएको छ। कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली पछिल्लो समय नेपाल प्रहरीमा लेनदेनको मुद्दा धेरै आउने गरेको बताए।

उनले भने, पहिला सहमतिमा कारोबार गर्‍यो, पछि पैसा नउठेपछि प्रहरीकोमा मुद्दा हाल्ने प्रचलन बढेको छ। खातामा पर्याप्त रकम नभई भुक्तानीका लागि चेक काट्ने र दिने घटनालाई बैंकिसङ कसुरमा मुद्दा चलाइने गरेको छ । केही समय अगाडि देवानी हक अन्तर्गत बैंकिङ कसुरको मुद्दा अदालतले हेर्ने प्रावधान गरेपछि पीडितले उजुरी गर्दा थप दुःख पाएको भन्दै पुनः प्रहरीले नै बैंकिङ कसुरको मुद्दा हेर्ने व्यवस्था मिलाइएको थियो ।

मुलुकभर आर्थिक वर्ष २०७५/०७६ मा दुई हजार ६२० जनाविरुद्द बैंकिङ कसुरमा मुद्दा चलाइएको थियो। यस्तै आर्थिक वर्ष २०७४/०७५ मा ७७६ र आर्थिक २०७३/०७४ मा ९३ जनाविरुद्द बैंकिङ कसुरमा मुद्दा चलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: Aug 16, 2019

प्रतिक्रिया दिनुहोस्