Logo
१३ बैशाख २०८१, बिहीबार
(August 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मसल्स बनाउन जिम गएर मात्र हैन, यी खानेकुरामा ध्यान दिन जरुरी

आजभोलि शरीर आकर्षक बनाउन र मोटोपन घटाउन जिम गर्ने मानिसहरुको संख्या निकै बढेको छ । के पुरुष, के महिला अचेल त सबैजना आकर्षक शरीर बनाउने होडमा जिम जाने गर्छन् ।

जिम सेन्टर जान समय नहुनेहरु पनि घरमै शारीरिक अभ्यास गर्छन् । घर वा जिम सेन्टर जहाँ भएपनि ब्यायाम सही तरिकाले गरिएन भने शरीरलाई झन् हानी हुन सक्छ ।

यदि तपाईं जिम गर्नुहुन्छ वा जिम गर्ने योजनामा हुनुहुन्छ भने त्यसका लागि यी कुरामा ख्याल गर्नुस्, जसले तपाईंको शरीरलाई फिट राख्न मद्दत गर्छ । हामिले केहि दिन अगाडी जिम गर्दा ध्यान दिनु पर्ने कुराहरुको विषयमा चर्चा गरेको थियौँ । आज हामी मसल्स बनाउन के खाने ? भन्ने विषयमा चर्चा गर्नेछौँ ।

१. अन्डा

अन्डामा प्रोटिन, भिटामिन र खनिजको मात्रा हुन्छ । विभिन्न अध्ययनले अन्डामा एन्टिअक्सिडेन्ट, एमिनो एसिड, फाइदाजनक फ्याट र अन्य महत्वपूर्ण पौष्टिक तत्व प्राप्त हुने बताएको छ, जुन स्वास्थ्य र मसल्स बनाउन निकै महत्वपूर्ण मानिन्छ । तर, ध्यान दिनुपर्ने कुरा के भने सधैँ उमालेको अन्डा मात्र प्रयोग गर्नुपर्छ ।

२. हरियो तरकारी

अधिकांश तरकारीमा क्यालोरीको मात्रा कम हुन्छ । तर, यसबाट फाइबर, फोलिक एसिड, भिटामिन ए, ई र सीसहितको पौष्टिक तत्व प्राप्त हुन्छ । यस्ता तत्वले रक्तचाप सन्तुलित राख्नुका साथै मसल्स निर्माणमा पनि सहयोग गर्छ । तरकारीमा एन्टिअक्सिडेन्ट बढी मात्रामा हुने भएकाले मसल्स बनाउन राम्रो विकल्प हुन्छ ।

३. काजु, बदाम

यदि तपाईं मसल्स बनाउन खोजिरहनुभएको छ भने नियमित रूपमा बदाम, काजु, ओखर आदिको प्रयोग गर्न सक्नुहुन्छ । यसका साथै ड्राइफुडको पनि सहारा लिन सक्नुहुन्छ ।

किनकि, यसबाट पौष्टिक तत्व, भिटामिन बी, ई, आइरन, पोटासियम, म्याग्नेसियम, खनिजलगायतका तत्व प्राप्त गर्न सकिन्छ । जसले मसल्स निर्माणका लागि मद्दत गर्छ ।

४. अन्न

मसल्स बनाउन जिम गइरहनुभएको छ भने फास्टफुड, जंकफुड र प्रोसेस्ड खानेकुराको सेवन अत्यधिक कम गर्न जरुरी छ । यस्तो खाद्यपदार्थको प्रयोग नगर्दा स्वास्थ्यलाई फाइदा गर्छ ।

बरु सट्टामा अन्नको प्रयोग गर्न सक्नुहुन्छ, जस्तै– चामल, गहुँ, दाल आदिबाट बनेका खानेकुरा । यस्ता खाद्यपदार्थले तपाईंलाई कार्बोहाइड्रेटका साथै ऊर्जा पनि प्रदान गर्छ । तपाईंमा ऊर्जा बढी भएमा आवश्यकताअनुसार व्यायाम गर्न सक्नुहुन्छ ।

५. फलफूल

मसल्स बनाउन फलफूलको प्रयोग पनि आवश्यक छ, जुन स्वस्थ्यकर पनि मानिन्छ । फलफूलबाट भिटामिन, खनिज तथा कैयौँ प्रकारका पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ । यसले मसल्स निर्माणमा सहयोग गर्छ ।

प्रकाशित मिति: Aug 16, 2019

प्रतिक्रिया दिनुहोस्