Logo
१२ बैशाख २०८१, बुधबार
(August 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विन्डोज-टेनका प्रयोगकर्तालाई माइक्रोसफ्टको चेतावनी

विन्डोज-टेन का सबै प्रयोगकर्तालाई आफ्नो अपरेटिङ सिस्टम तुरुन्तै अपडेट गराइहाल्न माइक्रोसफ्टले चेतावनी दिएको छ ।

सफ्टवेयर र भाइरस सम्बन्धी गम्भीर समस्याका कारण कम्पनीले सो बयान जारी गरिएको हो । सफ्टवेयरमा समस्या भएकै कारण कम्प्युटर भाइरसबाट प्रभावित हुन सक्ने भएकाले अपडेट गराउन भनिएको कम्पनीको भनाइ छ ।

मंंगलबार मात्र माइक्रोसफ्टका ‘डिरेक्टर अफ इन्सिडेन्स रेस्पोन्स, साइमन पोपले आफ्नो ब्लग पोस्टमा यसबारे लेखेका छन्, ‘सम्भावित रुपमा लाखौँ कम्प्युटर अहिले संवेदनशील अवस्थामा छन् । त्यसैले प्रभावित सिस्टमहरु तुरुन्तै मर्मत गर्न जरुरी छ नत्र झन ठूलो खराबी आउन सक्छ । यसका लागि सबैले ‘माइक्रोसफ्ट सेक्युरिटी अपडेट गाइड’ हेरेर त्यहाँबाट नयाँ अपडेट डाउनलोड गर्न गर्नुपर्ने हुन्छ ।’

यसरी विन्डोज-टेनमा अटोमेटिक अपडेट राखेकाहरुको कम्प्युटर भने सुरक्षित भइसकेको हुनुपर्ने बताइएको छ । यसमा विन्डोज एक्सपी चाहिँ प्रभावित नभएको बताइएको छ ।

मार्केट शेयरकाअनुसार विन्डोज टेन अहिलेको सबैभन्दा लोकप्रिय डेक्सटप अपरेटिङ सिस्टम हो । कम्पनीका अनुसार हाल विश्वभरका ८० करोड भन्दा धेरै डिभाइस विन्डोज-टेनमै सञ्चालित भइरहेका छन् । (सीएनएन)

प्रकाशित मिति: Aug 16, 2019

प्रतिक्रिया दिनुहोस्