Logo
१५ चैत्र २०८०, बिहीबार
(August 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काश्मीरस्थित नियन्त्रण रेखामा भएको गोली हानाहानमा ८ को मृत्यु

काश्मीरमा भारत र पाकिस्तानबीचको नियन्त्रण रेखामा गोली हानाहानमा भएको छ । उक्त घटनामा परी ५ जना भारतीय र ३ जना पाकिस्तानी सैनिक मारिएको पाकिस्तानको डन न्युजले जनाएको छ ।

नियन्त्रण रेखामा भएको गोली हानाहानमा ३ पाकिस्तानी सैनिक शहीद भएको पाकिस्तानी सेनाका मेजर जनरल आसिफ गाफुरले बताएका छन् । भारतीय सेनाले सीमा क्षेत्रमा गोली प्रहार गरेपछि जवाफी फायरिङ गरिएको गाफुरको ट्वीटमा उल्लेख गरिएको छ । ट्वीटमा केही भारतीय सैनिक घाइते भएको उल्लेख गरिए पनि संख्याबारे केही बताइएको छैन ।

उनले लेखेका छन्, ‘सीमा क्षेत्रमा दुई देशका सैनिकबीच गोली हानाहान भएको छ ।’ उनले भारत प्रशासित काश्मीरबाट भारतीय सेनाले नियन्त्रण रेखामा गोली चलाएको उल्लेख गरेका छन् ।

५ अगस्तमा भारतले जम्मू काश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा अन्त्य गर्ने निर्णय गरे पनि सो क्षेत्रमा तनाव चुलिएको छ । काश्मीरमा सञ्चारमाध्यम बन्द छन् भने बजार पसलसमेत खुल्न सकेका छैनन् ।

धारा ३७० खारेज गरेकामा रुष्ट पाकिस्तानले भारतसँगको कूटनीतिक सम्बन्ध सीमित पार्दै व्यापारसमेत रोक्ने निर्णय गरेको छ । पछिल्लो गोली हानाहानको घटनाबारे भारतीय पक्ष भने मौन देखिएको छ ।

प्रकाशित मिति: Aug 16, 2019

प्रतिक्रिया दिनुहोस्