Logo
७ बैशाख २०८१, शुक्रबार
(August 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलियाका ती ५ अफयेर :  के रणवीरसँग होला त उनको विवाह ?

मुम्बई :  बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपूर अहिलेको नयाँ हट जोडी मानिन्छन् । उनीहरुको प्रेमसम्बन्ध बाहिरिएपछि उनीहरुको विवाहको भारतीय सञ्चार माध्यममा चुलिँदै गएको छ । दुवैलाई फरक-फरक कार्यक्रम तथा ठाउँमा सँगै देखिन थालेपछि उनीहरु चर्चा झन् बढ्दै गएको छ । यसबीच, यी दुईले अभिनय गरेको फिल्म ‘ब्रम्हस्त्र’ पनि अर्को वर्षसम्म रिलीज हुने तयारीमा छ ।

यी दुईको विवाहको हल्ला समय समयमा बाहिरिने पनि गर्छ । यद्यपि, उनीहरुका परिवार विवाहको सन्दर्भमा अस्विकार गर्दै आइरहेका छन् । यी दुवै ऋषि कपूर भारत फर्किएपछि विवाह बन्धनमा बाँधिन सक्ने सम्भावना रहेको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

बलिउडमा सेलिब्रेटीहरु प्रेम-सम्बन्ध, विवाह र सम्बन्धहरुलाई लिएर सधैँ विवादमा आइरहन्छन् । उनीहरुको सधैँ ब्रेकअप र प्याचअप चलिरहन्छ । त्यसमध्ये आलियाका प्रेम सम्बन्धहरु पनि पर्छन् । उनको रणवीर कपूर पाँचौँ प्रेमी हुन् । रणबीर कपूरभन्दा अगाडि उनको ४ वटा प्रेमी थिए जसका बारेमा आज हामी चर्चा गर्न गइरहेका छौँ ।

१.  अरसलान :
नेहा धुपियाको ‘पोडकास्ट शो’ मा आलियाले आफ्नो प्रेमीको बारेमा खुलासा गरेकी थिइन् । आफ्ना भूपूप्रेमीको बारेमा खुलासा गर्दै भनेकी थिइन्, ‘हो, अरसलान मेरो पहिलो प्रेमी हो । ऊ मायालु थियो र निकै जिद्धी पनि थियो । ऊ मलाई कुर्ता र जिन्स मात्रै लगाउन दबाब दिन्थ्यो । म उसलाई ‘स्न्याप च्याटमा’ फलो गर्छु । उ सधैँ जिममा व्यस्त रहन्छ । अहिले उ ग्राफिक डिजाइनिङ गरिरहेको छ ।’

२. अली दादरकर :
आलिया र अली दादरकर बालपनका साथी थिए । करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मा सिद्धार्थ मल्होत्रा र अलीबीच झगडा भएको थियो । अली आलियालाई पुनः चाहान्थे तर उनी सिद्धार्थसँग सम्बन्धमा थिइन् ।

३. केविन मित्तल :
सिद्धार्थ मल्होत्रासँग ब्रेकअप भएपछि रणवीर कपूरसँग प्रेम सम्बन्धको बारेमा हल्ला फैलिएपछि यस बीचमा उनी हाइक म्यासेन्जरका संस्थापक केविन मित्तलसँग नजिकिएको कारण विवादमा आएकी थिइन् । अरबपति सुनिल मित्तलका छोरा कविन मित्तल आलियासँग पहिलोपटक वल्र्ड इकोनोमिक फोरममा मिलेका थिए ।

४. वरुण धवन :
आलिया र वरुण धवनबीच सम्बन्ध नजिकिँदै गएको थियो । तर पछि करण जोहरको च्याट शोमा उनीहरुले एकअर्कासँग बसेर खाना खान पनि मन नलाग्ने बताउँन बाध्य भए ।

५.  सिद्धार्थ मल्होत्रा :
सिद्धार्थ मल्होत्रा र आलिया भट्टको ‘कपूर एन्स सन्स’ को शुटिङको दौरान प्रेमसम्बन्ध सुरु भएको थियो । उनीहरुले सार्वजनिक रुपमै आफ्नो ब्रेकअपको बारेमा बताएका थिए ।

प्रकाशित मिति: Aug 16, 2019

प्रतिक्रिया दिनुहोस्