Logo
१३ बैशाख २०८१, बिहीबार
(August 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय दूतावासद्वारा ३० एम्बुलेन्स र ६ वटा बस वितरण (फाेटाेफिचर)

काठमाडौं : नेपालस्थित भारतीय दूतावासले भारतको ७३ औं स्वतन्त्रता दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा दूतावासले ३० वटा एम्बुलेन्स र ६ वटा बस वितरण गरेको छ ।

सो अवसरमा भारतीय राजदूतावासले बिहीबार एक समारोह आयोजना गरेर उक्त सहयोग वितरण गरेको हो ।

सोही अवसरमा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले भारतको राष्ट्रिय झण्डा फहराउनका साथै स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति रामनाथ कोविन्दले जारी गर्नुभएको शुभकामना सन्देश पढेर सुनाएका थिए।

समारोहमा भारतीय सेनामा सेवाका क्रममा वीरगति प्राप्त गरेका नेपाली नागरिकका विधवा र सन्तानलाई बीमावापतको रकम हन्तान्तरण गरिएको थियो ।

राजदूत पुरीले पर्सा, सुनसरी, काठमाडौं, धादिङ, रौतहट, सर्लाही, सप्तरी, धनकुटा, कैलाली, इलाम, झापा, सङ्खुवासभा, रुपन्देहीलगायत ४० वटा विभिन्न सामाजिक सङ्घसंस्था र विद्यालयले सञ्चालन गरेका पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेका थिए ।

साथै उनले देशका विभिन्न भागमा अवस्थित ३० वटा स्वास्थ्य संस्था, सामाजिक संस्थालाई एम्बुलेन्स र त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, प्रहरी विद्यालयजस्ता छ वटा शैक्षिक संस्थालाई बसको साँचो हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति: Aug 15, 2019

प्रतिक्रिया दिनुहोस्