Logo
१५ चैत्र २०८०, बिहीबार
(August 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस वर्ष श्रद्धाको एकैसाथ ३ वटा फिल्म आउँदै : ‘साहोदेखि स्ट्रिट डान्सर’सम्म

बलिउडकी चुलबुली नायिका श्रद्धा कपुरको यस वर्ष ३ वटा फिल्ममा देदिने भएकी छिन् । उनले बलिउडमा प्रवेश भएको केही बर्ष भयो । बलिउडमा प्रवेश गरेको केही समयमै राम्रो चर्चा कमाएकी छिन् ।

श्रद्धाले यो बर्ष आफ्नो अभिनयबाट दर्शकको मन जित्ने सोचमा छिन् । उनको यो बर्ष ३ वटा चलचित्र आउनाका कारण कामको चाप बढेको छ ।

श्रद्धा कपुरका ३ वटा फिल्ममध्ये, चलचित्र ‘साहो’ अगष्ट ३० तारिखबाट रिलिज हुँदैछ भने चलचित्र ‘छिछोेरे’ सेप्टेम्बर ६ तारिखबाट रिलिज हुँदैछ । अरु दुई चलचित्रको रिलिज डेट एक सातामात्र अघिपछि हुँदा श्रद्धाको पब्लिसिटी सेड्यूल पनि बढेको छ ।

श्रद्धा भन्छिन्-‘यो बर्षको कुरा गर्दा मैले ३ चलचित्रको छायांकन लगातार गरेँ । विश्वका विभिन्न ठाउँहरुमा पुगेँ । यसपटक मेरा चलचित्र एक साताको अन्तरमा रिलिज हुँदैछन् । यो मेरा लागि पहिलो पटक भएको हो ।’

श्रद्धाले दुई चलचित्र एक हप्ताको अन्तरमा रिलिज हुने भएपनि फरक कथामा दुई चलचित्र बनेकाले आफू उत्साहित भएको बताइन् । ती चलचित्रमा फरक भूमिका निर्वाहा गर्दा श्रद्धाले धेरै कुरा सिकेको पनि उल्लेख गरिन् ।

यी तीन चलचित्रबाट श्रद्धाको भर्सटायल अभिनय देख्न पाइने विश्लेषण पनि गरिएको छ । चलचित्र ‘स्त्री’बाट फेरि एकपटक करिअरलाई सम्हालेकी श्रद्धा यो बर्ष रिलिज हुने ३ चलचित्रबाट दर्शकको मन जित्ने तयारीमा छिन् ।

प्रकाशित मिति: Aug 15, 2019

प्रतिक्रिया दिनुहोस्