Logo
१५ चैत्र २०८०, बिहीबार
(August 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्यविभाजन टुङ्ग्याउन ओली-प्रचण्ड र सचिवालय सदस्य थापाबीच छलफल

काडमाडौँ : नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड कार्यविभाजनका सवै काम टुङ्ग्याउने गरी गृहकार्यमा जुटेका छन् । बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा सचिवालय सदस्य रामबहादुर थापा बादल सहित अध्यक्षद्वय बिहानदेखि गृहकार्यमा जुटेका हुन् ।

दिउँसो सचिवालय बैठक बस्नुअघि सबै विभाग, जनवर्गीय संगठन, मञ्च लगायत कार्यविभाजनका बाँकी काम टुंगो लगाउने गरी घनिभूत रुपमा छलफल भैरहेको बताइएको छ । तर, स्कूल विभागमा भने अहिले पनि अध्यक्षद्वयबीचमा सहमति जुटेको छैन ।

प्रधानमन्त्री एवं अध्यक्ष ओली स्कूल विभागको जिम्मा सचिवालय सदस्य ईश्वर पोखरेललाई दिनुपर्ने अडानमा छन् । अध्यक्ष प्रचण्ड भने केही लचिलो भएका छन् ।

सचिवालय सदस्य नारायणकाजी श्रेष्ठका हकमा सहमति जुट्न नसके स्कूल विभाग अध्यक्षद्वयकै मातहतमा राख्नुपर्ने अडानमा छन् । स्कूल विभाग कस्ले लिने भन्नेबारेमा पनि आजै सहमति जुट्ने बताइएको छ ।

पूर्वएमाले समूहमा जनवर्गीय संगठनको इन्चार्जलाई लिएर अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद भएपछि बुधबारका लागि बोलाइएको सचिवालय बैठक बिहिबारलाई सारिएको थियो । बैठक आज ३ बजे बस्दैछ ।

नेकपामा ३३ ९नीति प्रतिष्ठान सहित० विभाग छन् । जसमा पूर्व एमालेले १८९नीति प्रतिष्ठान सहित० र पूर्व माओवादीले १४ विभागको नेतृत्व लिने सहमति भैसकेको छ । तर, स्कूल विभागमा भने विवाद कायमै छ ।

यस्तै २२ जनवर्गीय संगठनका इन्चार्ज मध्य यूवा, महिला पूर्व एमालेले लिने सहमति भैसकेको छ । पूर्व माओवादीले विद्यार्थीसहित अन्य केही जनवर्गीय संगठनको इन्चार्ज लिने भएको छ ।

तीन आयोगमध्ये दुई आयोग पूर्व एमाले र एक आयोगको प्रमुख पूर्व माओवादीले लिने सहमति भएको छ । यस्तै सम्पर्क समन्य कमिटी पूर्व एमालेले लिने भएको छ ।

पूर्व एमाले र पूर्व माओवादीको भागमा परेका विभागमा भने यसअघिनै मोटामोटी सहमति भैसकेको छ ।

प्रकाशित मिति: Aug 15, 2019

प्रतिक्रिया दिनुहोस्