Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीले गाउँसभामा सम्वोधन गरिरहेकै बेला बम विष्फोट

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ ।

मुख्यमन्त्री शाहीले कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभामा सम्वोधन गरिरहेको बेला कार्यक्रम स्थलनजिकै बुधबार दिउँसो बम विस्फोट भएको हो ।

मुख्यमन्त्री शाही गाउँपालिकाको गाउँसभा र दक्षिण एसियाकै अग्लो पचालझरणाको पर्यटन प्रवद्र्धनका लागि भइरहेका पूर्वाधार निर्माणका कामहरुको अनुगमन गर्न मंगलवार पचालझरणा पुगेका थिए ।

मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमवहादुर सिंहले कार्यक्रम स्थलभन्दा केही पर २ पटक बम विस्फोटको आवाज सुनिएको जानकारी दिए ।

सिंहले साता दिन लामो जिल्ला भ्रमणमा रहनुभएका मुख्यमन्त्री शाही सहितको टोलीलाई त्रास श्रृजना गर्ने उद्धेश्यले अराजक समूहले वम विष्फोट गराएको बताए ।

त्रास श्रृजना गर्ने उद्धेश्यले बम विष्फोट भएपनि मुख्यमन्त्री सरिक हुने पूर्वनिर्धारित सबै कार्यक्रमहरु सहज रुपमा संचालन हुने प्रमुख स्वकीय सचिव सिंहले जानकारी दिए ।

मुख्यमन्त्री शाही कालिकोट गएको बेला यसअघि पनि बम विष्फोटको घटना भएको थियो ।

प्रकाशित मिति: Aug 14, 2019

प्रतिक्रिया दिनुहोस्