Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जम्मू-कश्मीर र लद्दाखबारे सरकारले लिएको निर्णय भारतको आन्तरिक मामिला : राजदूत पुरी

काठमाडौं : नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले जम्मू-कश्मीर र लद्दाखबारे भारत सरकारले लिएको निर्णय भारतको आन्तरिक मामिला भएकाले यसबारे कुनै टिकाटिप्पनी नहुनुपर्ने बताएका छन्।

‘भारतीय संसदको दुवै सदनले यस प्रस्तावलाई पास गरेको छ र यो भारतको आन्तरिक मामिला हो’ काठमाडौंमा आयोजित एक कार्यक्रममा पुरीले भने, “जम्मू-कश्मीरको आर्थिक समृद्धि र आतंकवाद समाप्तिका लागि यो कदम उठाइएको हो। भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको सक्षमताले यो काम सम्पन्न भएको छ।”

कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरुलाई इंगित गर्दै पुरीले भने, “जम्मू–कश्मीरका जनताको हितका लागि भारत सरकारले उठाएको कदममा तपाईंहरुको पनि सहयोग रहनेछ।

नेपाल-भारतबीच रोटीबेटीको सम्बन्ध छँदैछ। आर्थिक राजनीतिक सम्बन्ध पनि छ।” राजदूत पुरीले मोदी सरकारले भारतको अर्थतन्त्र दोब्बर बनाउन लागेको दाबी समेत गरे।

नेपाल-भारत सीमानामा रहेका संयुक्त चेकपोष्टबाट दुबै मुलुकलाई फाईदा भइरहेको बताउँदै पुरीले अगाडि भने, “पेट्रोलियम पाइपलाइनको काम भइसकेको छ। अब अमलेखगञ्जसम्म पेट्रोल आउनेछ, अगाडि तपाईंहरुले आफ्नो हिसावले विस्तार गर्नु होला।”

नेपालको जनविद्युत्को विकासमा भारतले ठूलो योगदान गरिरहेको दाबी गर्दै पुरीले नेपालको लोडसेडिङ हटाउन भारतले सहयोग गरेको बताए। अब नेपालमा उत्पादन हुने विद्युत् भारतले पनि प्रयोग गर्ने उनको भनाई थियो ।

जनकपुर-जयनगर रेल्वेको प्राविधिक काम केही दिनमै सम्पन्न भएपछि चाँडै रेलसेवा सञ्चालनमा आउने जानकारी दिदै राजदूत पुरीले पछिल्लो वर्ष भएको भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले मुक्तिनाथ र जनकपुरमा पर्यटक बढेको बताए।

अरविन्द महतो अध्यक्ष रहेको फ्री युथ डेमोक्रेसी युनियनको आयोजनामा होटल ¥याडिसनमा आयोजित उक्त कार्यक्रममा राजनीतिक, आर्थिक, समाजिक, सांस्कृतिक गरी लगभग ७ सय जनाको उपस्थिीति रहेको थियो ।

कार्यक्रमक आयोजक संस्थाका अध्यक्ष महतोले नेपाल भारतको सम्बन्धमा युवाहरुले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए।

नेतादेखि कलाकारसम्म

युवासम्बन्धि कार्यक्रम भएकाले नेपालका प्रभावशाली नेतादेखि कलाकारसम्म पुगेका थिए । कार्यक्रममा सेलिब्रिटीहरुको समेत बाक्लो उपस्थिति रहको थियो ।

कार्यक्रममा पूर्वमन्त्रीहरु राजेन्द्र महतो, राजकिशोर यादव, सुनिल थापा, समेत भेट्रान कलाकार निर शाहदेखि भुवन केसी, सरिता लामिछाने, रेजिना उप्रेतीसम्म को उपस्थिती रहेको थियो ।

भुवनले राजदूत पुरीसम्म राम्रै भलाकुसारी गरेका थिए । रसिक स्वभावका पुरीले कलाकारहरुसँग हाँसीमज्जा पनि गरेका थिए । भुवनसँग राजदूत पुरीले ठट्टा गरिरहँदा निर शाह हेरिरहेका थिए ।

भारतको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा नेपाल भारत सम्बन्ध सम्बन्धि विभिन्न कार्यक्रम भइरहँदा राजदूत पुरी सक्रिय छन् । उनलाई कार्यक्रमहरु भ्याइनभ्याई छ । पुरीले युवाहरुको भूमिका देश निर्माणमा महत्वपूर्ण रहेको बताए ।

प्रकाशित मिति: Aug 14, 2019

प्रतिक्रिया दिनुहोस्