Logo
८ बैशाख २०८१, शनिबार
(August 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संयुक्त राष्ट्रका लागि पाकिस्तानी स्थायी प्रतिनिधिमाथी भ्रष्टाचार र चोरीको आरोप

न्यूयोर्क : संयुक्त राष्ट्रका लागि पाकिस्तानको स्थायी प्रतिनिधि मलीहा लोधी एक घटनाका कारण बाहिरिनु परेको छ ।

एक जना व्यक्तिले उनलाई चोरको आरोप लगाएका छन् ।

उक्त व्यक्तिले लोधीलाई भ्रष्टाचार गरेको आरोप लगाउँदै भने, ‘तपाई चोर हुनुहुन्छ र पाकिस्तानको प्रतिनिधित्व गर्न योग्य हुनुहुन्न ।’

संयुक्त राष्ट्र सघंको एक कार्यक्रमका लोधिले पाकिस्तानको राष्ट्रियताका बारेका बोल्ने क्रममा विभिन्न प्रश्नहरु उठेको TET मा खबर छ ।

ती व्यक्तिले आफ्नो प्रश्नको उत्तर दिन एक मिनेट समय मागे र उत्तर आउन नपाउँदै प्रश्न गरे, ‘गएको १५ देखि २० वर्षसम्म तपाईले के गरिरहनुभएको छ रु तपाई हाम्रो प्रतिनिधित्व गर्दै हु्नुहुन्न ।’

लोधीले उनलाई रोक्न भनिन् तर ती व्यक्तिले जवाफ थियो, यो कानुन विपरीत छैन, किनकी उनी पाकिस्तानी हुन् । लोधिले भनिन् म प्रश्नहरूको उत्तर दिन चाहन्न ।

लोधि जब उक्त समारोहबाट बाहिरीन थालिन, प्रश्नकर्ताहरुले उनलाई भनिरहे, तपाईहरू हाम्रो पैसा चोर्दै हुनुहुन्छ, तपाई चोर हुनुहुन्छ र तपाई पाकिस्तानको प्रतिनिधित्व गर्न योग्य हुनुहुन्न ।

उक्त व्यक्तिले उनलाई पछ्याउन खोजे, तर घटनास्थलमा उपस्थित मानिसहरूले उसलाई शान्त पार्ने कोशिस गरे ।

प्रकाशित मिति: Aug 14, 2019

प्रतिक्रिया दिनुहोस्