Logo
१३ बैशाख २०८१, बिहीबार
(August 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोलि ऋषितर्पणी, जनै पूर्णिमा एवम् रक्षाबन्धन : सार्वजनिक बिदा दिने सरकारको निर्णय

प्रदेश सरकारहरुले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यो समाचार तयारपारुनजेल प्रदेश १ र प्रदेश २ सरकारले बिहीबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश १ को सरकारद्वारा ऋषितर्पणी, जनै पूर्णिमा एवम् रक्षाबन्धनको अवसरमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

भने प्रदेश २ सरकारले बिहीबार हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धन परेकाले सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो ।

प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाले हर्षोल्लासका साथ रक्षाबन्धन मनाउन सबैसँग अनुरोध गरेका छन् ।

संघीय सरकारले पर्वलगायतको बिदा कटौती गरेपछि प्रदेश सरकारहरूले बिदा दिँदै आएका छन् । यसअघि बकर इदको अवसरमा प्रदेश २ सँगै प्रदेश ५ ले सार्वजनिक बिदा दिएका थिए ।

प्रदेश १ र २ ले रक्षाबन्धनको अवसरमा बिदा दिने निर्णय गरे पनि अन्य प्रदेशले भने अहिलेसम्म यसबारे कुनै निर्णय गरिसकेका छैनन् ।

प्रकाशित मिति: Aug 14, 2019

प्रतिक्रिया दिनुहोस्