Logo
८ बैशाख २०८१, शनिबार
(August 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः क्रिकेटर सन्दीपलाई पुनः बोलाएर अमेरिकी दूतावासले दिए भिसा

काठमाडौं : संयूक्त राज्य अमेरिकाका प्रवेशाज्ञा (भिसा) का लागि आवेदन दिएका नेपाली क्रिकेटर सन्दीप लामिछानेले अन्ततः भिसा पाएका छन् । पहिलोपटक आवेदन गर्दा भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले मंगलबार पुनः बोलाएर सन्दीपलाई भिसा दिएको हो ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सन्दीपले अमेरिकाको भिसा अप्लाइ गरेका थिए । तर, नेपालस्थित अमेरिकी दूतावासले भने भिसा आवेदन रद्द गरिदिएको थियो ।

आफूले दिएको भिसा आवेदन अमेरिकी दूतावासले अस्वीकार गरेकामा आश्चर्य व्यक्त गर्दै सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए ।

दूतावासले सन्दीपलाई पुनः बोलाएर अन्तर्वार्ता लगायत (प्राविधिक) प्रक्रिया पूरा गरेर भिसा प्रदान गरेको हो । अमेरिकी दूतावास स्रोतले सन्दीपको भिसा अप्लाइको प्रक्रियामा केही प्राविधिक त्रुटी भएका कारण पहिलोपटकको आवेदन अस्वीकृत भएको हुनसक्ने जनाएको छ ।

प्रकाशित मिति: Aug 13, 2019

प्रतिक्रिया दिनुहोस्