Logo
१३ बैशाख २०८१, बिहीबार
(August 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केरला बाढी अपडेट : ८८ जनाको मृत्यु, ४० बेपत्ता

भारतको केरला राज्यमा आएको बाढीका कारण १४ जिल्लामा मंगलबारसम्ममा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । स्थानीय सरकारी अधिकारीहरुले बताएअनुसार बाढीमा परेर अहिलेसम्म ४० जना हराइरहेका  छन् ।

केरला राज्यका जिल्लाहरुमा गत केही दिन ठूलो बर्षाका कारण यस प्राकृतिक प्रकोपमा परेर ३४ जना घाइते भएको प्रहरीले जनाएको छ । बर्षासँगै आएको बाढीले ठूलो जनधनको क्षति भएको छ ।

राज्यका १४ जिल्लामध्ये सबैभन्दा धेरै मानवीय क्षति मालापुरम जिल्लामा भएको छ । पछिल्लो विवरण अनुसार मालापुरम जिल्लामा मात्रै मृत्यु हुनेको संख्या २९ पुगेको छ । बाढीका कारण विस्थापित भएकाहरुलाई केरला राज्यभरी रहेका १३ सय ३२ शिविरमा राखिएको छ ।

प्रकाशित मिति: Aug 13, 2019

प्रतिक्रिया दिनुहोस्