Logo
१२ बैशाख २०८१, बुधबार
(August 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वास्तुले भन्छ – गरीबी र दुर्भाग्य हटाउन यी कुरा घरमा नराख्नुहोस्

वास्तुशास्त्रले घरधन्दा होस् वा कामकाज होस्, सबैको बारेमा बताउँछ । वास्तुले प्राय: घरमा के चीज शुभ अथवा अशुभ हुन्छ त्यस्ता कुराका बारेमा पूर्ण जानकारी गराउँछ ।

यस्ता धेरै चीजहरूका बारेमा बताइएको छ जसलाई घरमा राख्दा गरीबी र दुर्भाग्य निम्तिन्छ । तपाईंको पनि घर वा पसलमा यी कुरा छन् भने तिनलाई तत्कालै हटाइहाल्नुस् । तपाईंको अनावश्यक खर्च बढिरहेको छ भने वास्तुदोष यसको एक कारण हुन सक्छ ।

तसर्थ वास्तुशास्त्रमा बताइएका केही कुरालाई ध्यानमा राख्दा गरीबी आउन पाउँदैन, जुन यसप्रकार छन् :

१. घरमा परेवाले गुँड बनाएको छ भने त्यसलाई तत्कालै हटाउनुस् । यो घरमा भयो भने गरीबी आउँछ । त्यसका साथै घरमा माहुरीले गुँड लगाएको छ भने घरमा बस्ने मान्छेका लागि यो खतरनाक त हुँदै हो, यसले दुर्भाग्य पनि ल्याउँछ ।

२. घरमा माकुराले जाल बनायो भने त्यो पनि दुर्भाग्य ल्याउने एक कारण हो । यसलाई तत्कालै सफा गर्नुस् ।

३. वास्तुमा फुटेको शीशालाई एकदमै नराम्रो मानिएको छ । यसले गरीबीका साथसाथै नकारात्मक ऊर्जा पनि ल्याउँछ । यसलाई तत्कालै हटाउनुस् ।

४. भित्ता वा पर्खालमा चिरा पर्यो भने तत्कालै टाल्नुस् । यसो गर्नुभएन भने दुर्भाग्य र गरीबी आउँछ ।

५. धारा चुहिने गरेको छ भने घरमा सकारात्मक ऊर्जा सबै हराएर जान्छन् । अनि पैसा पनि बढी नै खर्च हुन्छ । यसलाई ठीक गराइहाल्नुस् ।

६. घरका पुराना फुटेका सामान जम्मा गरेर राख्नु गलत काम हो  । यस्ता सामान तत्कालै फालिदिनुस् । अझ छतमा त झन् थोत्रा सामान राख्नै हुँदैन ।

७. भगवानलाई बासी फूल कहिल्यै नचढाउनुस् । यसो गर्नुभयो भने गरीबी र दुर्भाग्य आइलाग्छ । पूजाकोठा सफा गरेर ताजा फूल चढाउनुस् ।

८. घरमा बोटबिरुवा रोप्नुभएको छ भने सुकेर झरेका पातहरू फाल्ने गर्नुस् । सुकेका पातले घरमा नकारात्मक ऊर्जा ल्याउँछन् अनि पैसाको कमी गराइदिन्छन् ।

प्रकाशित मिति: Aug 13, 2019

प्रतिक्रिया दिनुहोस्