Logo
१२ बैशाख २०८१, बुधबार
(August 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलनकारीले बनाए हङकङ विमानस्थल अस्तव्यस्त, ३०० भन्दा बढी उडान रद्द

हङकङ अन्तर्रा्ष्ट्रिय विमानस्थलले ३०० भन्दा बढी उडानहरु रद्द गरेको छ । मानिसको ठूलो समूहले विमास्थलमा आएर विरोध गरेका कारण विश्वकै सबैभन्दा ठूलो ‘ट्राभल हव’ अवरुद्ध भएको हो ।

सोमबारको मध्यरातदेखि मंगलबारको ११:५५ साँझसम्म विमानस्थल बन्द गरिएका कारण बिहान ८ बजेसम्म बिहानका १६० उडान र विभिन्न गन्तव्यबाट हङकङ एयरपोर्टमा हुने १५० आगमन रद्द भएका छन् ।

चेकजाँच गराउने काउन्टरमा यात्रुहरुको लामो लाइन लागेका छन् । अरुहरु रातभर विमानस्थलमा सुतिरहेका थिए । आगमन कक्ष पूरै खाली थियो, केही अन्दोलनकारीहरु प्लेकार्ड बोकेर आगमनकक्ष क्षेत्रमा बाँकी थिए ।

हङकङ विमानस्थलका अधिकारीले उडानमा असर पर्ने देखेर आइतबारको उडानतालिका हेरफेर गरेको थियो । यात्रुहरुलाई विमानस्थल निस्कनुभन्दा पहिला एपमार्फत सूचना लिएर आफ्नो उडान सुनिश्चित गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति: Aug 13, 2019

प्रतिक्रिया दिनुहोस्