Logo
१३ बैशाख २०८१, बिहीबार
(August 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनप्रतिनिधिका छोरा घुससहित अख्तियारको फन्दामा

जनकपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको भंगहा नगरपालिकाका एकजना जनप्रतिनिधिका छोरालाई घुससहित रङ्गेहात पक्राउ गरेको छ ।

भंगहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य कारी साहका छोरा मुकेश साह डेढ लाख घुस रकमसहित पक्राउ परेका हुन् ।

सो वडाका वडा सदस्य कारी साहले आफ्नो छोरामार्फत डेढ लाख भन्दा बढी रकम उपभोक्ता समितिमार्फत कुम्ल्याउन खोजेपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रङ्गेहात उनलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलीले भंगहा नपा वडा नम्बर ८ मा भैरहेको पिसिसी सडक ढलानको लागि छुट्याइएको करिब २० लाख रुपैयाँमध्ये वडा सदस्य साहका छोरा मुकेशले १ लाख ६० हजार रुपैया हिनामिना गरेको पाइएपछि सो रकमसहित उनलाई नियनत्रणमा लिइएको हो ।

उनलाइ जनकपुर वडा नम्बर ९ पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेट बाटै पक्राउ गरेको अख्तियारले जनाएको छ ।
सो रकम वडाध्यक्ष रफिक आलम र वडा सदस्य कारी साहले आन्तरिक सहमति गरी मुकेशलाइ लिन पठाएको रहस्य समेत खुलेको छ ।

प्रकाशित मिति: Aug 13, 2019

प्रतिक्रिया दिनुहोस्