Logo
८ बैशाख २०८१, शनिबार
(August 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ५ सरकारकाे निर्णय : जनप्रतिनिधिलाई दोहोरो सुविधा, करार कर्मचारीलाई अवकास दिईने

बुटवल : प्रदेश ५ को मन्त्रिपरिषद बैठकले ८ वटा एजेण्डा तयार पारेकाे छ ।

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षमा बसेको बैठकमा ८ वटा एजेण्डामा छलफल गरी निर्णय भएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

उक्त एजेण्डामा जनप्रतिनिधिलाई दोहोरो सुविधा लिन पाउनेदेखि सीप विकास तालिम केन्द्रका कर्मचारीलाई अवकास दिनेसम्मका ८ निर्णय गरेको छ । त्यस्तै बैठकले ऐन नै संशोधन गरेर जनप्रतिनिधिले राज्यकोषबाट दोहोरो सुविधा लिन पाउने व्यवस्था गरेको छ ।

यसअघि स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिन नपाउने ब्यवस्था रहेपनि आज बसेको मन्त्रिपरिषद बैठकले उक्त सुविधा लिन ऐन नै संशोधन गरेर बाटो खुल्ला गरिदिएको हो ।

बैठकले स्थानीय तहका पदाधिकारीलाई दोहोरो सुविधा लिन रोक्ने ऐनको दफा नै हटाउने र ऐन संशोधन गर्ने निर्णय गरेपछि सुविधा लिने बाटो खुलेको छ । दोहोरो सुधिवा लिने जनप्रनितिधिहरुले मुद्धा हाल्ने सम्मको चर्चा आएपछि प्रदेश सरकारले सुविधा प्रदान गर्ने निणर्य गरेको हो ।

आजकै बैठकले सीप विकास तथा व्यवसायिक तालिम केन्द्रमा कार्यरत अस्थायी तथा करार कर्मचारीलाई भदौ १ गतेदेखि अवकास दिने निर्णय गरेको छ । केन्द्रमा कार्यरत करार र स्थाई कर्मचारीहरुलाई दिनुपर्ने रकम प्रदान गरेर बिदाई गर्ने मन्त्री चौधरीले बताए । उनले त्यसका लागि करिब १ करोड रुपैयाँ लाग्ने जानकारी दिए ।

प्रदेश ५ को बुटवलमा रोजगार सूचना केन्द्र, दाङ र नेपालगञ्जमा सीप विकास केन्द्रको कार्यालय रहेका छन । केन्द्रका अस्थायी तथा करार सबै कर्मचारीलाई नेपाल सरकारको नियमअनुसार सुबिधा दिई अवकास दिने निर्णय गरिएको हो । यस्तै सुद्धोधन गाउँपालिकाको केन्द्र दुई तिहाईबाट ठुलो नन्दनमा सार्ने निर्णय भएकोले उक्त निर्णय पनि अनुमोदनसहित पारित गरिएको छ ।

प्रकाशित मिति: Aug 13, 2019

प्रतिक्रिया दिनुहोस्