Logo
१३ बैशाख २०८१, बिहीबार
(August 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा जेसिज सप्ताह हुँने

दुहबी/ सुनसरीको दुहबीमा वुधबारदेखि जेसिज सप्ताह २०१९ सुरु हुँने भएको छ । मंगलबार दुहवी जेसिजको भवनमा पत्रकार सम्मेलन गरि जेसीज सप्ताह कार्यक्रमका मूल संयोजक दिपेस राउतले जेसीज सप्ताहको अनुमानित आय व्ययको जानकारी दिएका छन । वुधवार दुहवी ५ स्थित श्री सरस्वती मावि भवनमा पहिलो दिन समुद्घाटन, लागुपदार्थ तथा साइबर अपराध बिरुद्ध सचेतना कार्यक्रम हुँने भएको छ ।
सप्ताहव्यापी कार्यक्रममा बिहीवार जेसिज वान मिनेट कार्यक्रम, शुक्रवार दुहबी जेसिज र दुहवी नगरपालिकाविच मैत्रिपूर्ण फुटबल प्रतियोगिता,शनिवार स्लो मोटरसाईकल रेस र कर्पोरेट व्याडमिन्टन प्रतियोगिता, आइतवार अन्तर विद्यालय स्तरिय डोरी तान प्रतियोगिता र समापन तथा पुरस्कार वितरण समारोह कार्यक्रमको आयोजना गरिने बताए । दुहबी जेसिजका अध्यक्ष सन्तोष कुमार सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संयोजक दुहवी जेसिजकी बन्दना रौनीयार रहेकी थिइन । कार्यक्रम सञ्चालन सुभाष भट्टराईले गरेका थिए ।

प्रकाशित मिति: Aug 13, 2019

प्रतिक्रिया दिनुहोस्