Logo
१५ चैत्र २०८०, बिहीबार
(August 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेल्थ टिप्स् : दाँतलाई सधैँ स्वस्थ राख्न अपनाउनुहोस् यी ७ टिप्स्

अनुहारको मुस्कानलाई बरकरार राख्न दाँतले मद्दत गर्छ । त्यति मात्र हैन स्वस्थ दाँतका कारण यसले स्वस्थ जीवनमा पनि ठूलो साथ दिन्छ । तर मानिसको मुस्कुराहटलाई सम्हाल्ने दाँतको सुरक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भनेको टूथब्रस हो ।

टूथब्रसले हाम्रो दाँतको सम्पूर्ण सफाइ गर्ने गर्छ । यसले हाम्रो दाँतमा जमेर रहेको खानाका अंशहरु तथा अन्य फोहर पदार्थ हटाउने काम गर्छ । तसर्थ हामीले सही टूथब्रसको चुनाव गर्नुपर्छ । त्यतिमात्र हैन हामीले त्यसको सरसफाइमा पनि ध्यान दिन अत्यन्त आवश्यक छ ।

जब हामी दाँत सफा गर्न ब्रस मुखमा छिराउछौँ , हाम्रो मुखभित्र रहेका हजारौँ लाखौँ ब्याक्टेरियाहरु हाम्रो ब्रसका माध्यमले बाहिर आउँछन । तर यदि ब्रसको सफाई गरिएन भने वा सफाई गर्न जानिएन भने ब्रसमै डेरा जमाएका व्याक्टेरियाहरुले पुन तपाईँको मुखमा प्रबेश गर्दछन् । त्यसैले ब्रसको सफाईमा ध्यान पुरयाउनु अतिनै आवश्यक छ ।

टूथब्रसलाई सफा कसरी राख्ने ?

१. टूथब्रसलाई बन्द भाँडोमा नराखौँ । किनकी बन्दभाँडोमा राख्दा टूथब्रसमा हावा प्रवाह नभई किटाणु लाग्ने खतरा बढी हुन्छ ।

२. ब्रस गरेपछि टूथब्रसलाई सधै ठाडो गरि राख्नुहोस । यसले गर्दा पखाल्दा ब्रसभित्र रहेको पानी तर्किन्छ र ब्रस सुख्खा हुन मद्दत गर्छ । जसको कारणले गर्दा किटाणुको संक्रमण हुदैन ।

३. टूथब्रसलाई शौचालय देखि कमसेकम २ फिटको दुरीमा राख्नुस, किनकी फ्लस गर्दा पानीमा भएका किटाणुहरु हावाद्वारा पुरा बाथरुममा फैलिन्छ, जुन ब्रसमा पनि लाग्नसक्छ ।

४. टूथब्रस राख्ने भाँडो हप्तामा एक चोटी सफा गर्नुस, जसले गर्दा भाँडोमा भएका किताणुुहरु ब्रसमा लाग्न पाउदैन ।

५. घरका सदस्यहरुको ब्रस एकआपसमा जोड्न नदिनुस् जसले गर्दा एक ब्रसमा भएको ब्याक्टेरिया अर्को ब्रसमा लाग्न पाउँदैन ।

६. ब्रस गरिसके पछी ब्रसलाई राम्रोसंग हल्लाएर वा झड्कारेर सुख्खा बनाई राख्नुस, किनकी चिसो ब्रसमा किटाणु लाग्ने सम्भावना बढी हुन्छ ।

७. तपाईँले प्रयोग गर्ने ब्रस हरेक ३-४ महिनामा परिबर्तन गर्न जरुरी हुन्छ र यदी ब्रसको सफा गर्ने माथिलो भाग चाडै खराब भयो भने चाडै बदल्नुपर्छ । लामो समय राख्दा ब्रस आफै संक्रमणमा पर्छ भने सफा गर्ने भाग नै बिग्रिएको कारणले दाँतको राम्ररी सफा समेत हुदैन ।

प्रकाशित मिति: Aug 13, 2019

प्रतिक्रिया दिनुहोस्