Logo
६ बैशाख २०८१, बिहीबार
(August 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्दिपलाई दिएन अमेरिकाले भिसा, क्यारेबियन प्रिमियर लिग खेल्ने सपना अधूरा

काठमाडौँ :  विश्वचर्चित नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अमेरिकामा हुन गइरहेको खेल खेल्न नपाउने भएको छ । उनलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि अमेरिकामा हुन गइरहेको क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागी हुन नपाउने भएका हुन् ।

उनले त्यस लिग खेल्न अमेरिका जानका लागि सन्दीपले अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए । तर भिसा अस्वीकृत भएपछि आफू अचम्ममा परेको सन्दीपले ट्विटरमार्फत जानकारी दिएका छन् ।

आवश्यक सबै कागजातहरु पेश गर्दा पनि भिसा अस्वीकृत भएको उनले उल्लेख गरेका छन् । भिसा स्वीकृत नभएपछि सिपिएल खेल्न जान आफूलाई गाह्रो भएको सन्दीपले बताएका छन् ।

प्रकाशित मिति: Aug 13, 2019

प्रतिक्रिया दिनुहोस्