Logo
८ बैशाख २०८१, शनिबार
(August 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नो विवाहसम्बन्धी यस्ता ५ कुरा जुन भुलेर पनि गर्नुहुन्न सामाजिक सञ्जालमा पोस्ट

अहिलेको युग भनेको सूचना प्रविधिको युग हो जहाँ मानिसहरु हरदम सामाजिक सञ्जालमा निकै व्यस्त रहेका हुन्छन् । फेसबुक, ट्वीटर र इन्स्टाग्राममा प्राय: हरेक मानिसहरु भेट्टिन्छन् । कुनै समय मिल्ने बित्तिकै मानिसहरु आफ्ना तस्विरहरु फेसबुक, इन्स्टाग्राम वा ट्वीटरमा पोस्ट गर्न तथा शेयर गर्न पछि पर्दैनन् ।

मानिसहरु सामाजिक सञ्जालमा यति सक्रिय हुन थालेका छन् कि आफ्नो जीवनमा घटेको सानो तिनो कुरालाई पनि पोस्ट गरिहाल्छन् । कतै घुम्न जाँदा होस् वा भोजमा सरिक हुँदा, फिल्म हेर्न जाँदा वा खाना खाइरहँदा जुन कुनै घटनाक्रमलाई सामाजिक सञ्जालमा पोस्ट गरिरहेका हुन्छन् ।

यही क्रममा जब विवाहको कुरा आउँछ, मानिसहरु हरेक क्षणको तस्विर सामाजिक सञ्जालमा हालिरहेका हुन्छन् । तर बिर्सेर पनि विवाहसम्बन्धी यस्ता केही कुराहरु छन् जुन तपाईले एकदम ध्यान दिनुपर्ने हुन्छ जस्तो कि :

१. परिवारमा भएको कुनै पनि कलहलाई पोस्ट नगर्नुहोस् : 

कुनै पनि परिवारमा विवाहमा पारिवारिक नाटक हुँदैन । पारिवारिक कलह भएपनि यस्ता कुरालाई सामाजिक सञ्जालमा राख्नु राम्रो होइन । किनभने यो सबै कुराको असर ति मानिसहरुमा सधैँका लागि पर्नेछ । जसले तपाईंलाई भविष्यमा लज्जित हुनु पर्ने अवस्था पनि आउन सक्छ ।

२. मान्यजनहरुको सूची र स्थानबारेको जानकारी : 

सामाजिक सञ्जालमा आफ्नो विवाहसँग सम्बन्धित सबै जानकारी सार्वजनिक गर्ने काम नगर्नुहोस् । तपाईंको विवाह कुन स्थानमा हुँदैछ, को को मान्यजनहरु आउँदै छन् भन्ने जानकारी सामाजिक सञ्जालमा सार्वजनिक गर्ने उपाय उपयुक्त होइन ।

३. पटक पटक विवाहको मितिबारे जानकारी दिने :

फेसबुक वा इन्स्टाग्राममा पटक पटक आफ्नो विवाहको मितिबारे जानकारी गराइ राख्ने प्रयास नगर्नुहोस् । आफ्ना नजिकका आफन्त तथा नातागोताभित्रका मानिसहरुलाई विवाहको मिति एक पटक भन्दा नै थाहा हुन्छ । यसका किसिमको हरकतले आफन्तहरुमाथि गलत प्रभाव पर्न सक्छ ।

४. आफ्नो हुनेवाला आफन्तका बारे सार्वजनिक गरिरहनु :

अधिकांश मानिसमा आफ्नो हुनेवाला आफन्तको साथमा कतै किनमेलमा वा खाना खान गएको छ भने उनीहरुसँग जोडिएका कुराहरु सामाजिक सञ्जालमा राखी हाल्ने बानी हुन्छ । यस्ता कुराबाट तपाईं सतर्क भएकै राम्रो हुन्छ । तपाईंको नयाँ सम्बन्ध कुनै विन्दुसम्म नपुगिन्झेल यस्तो कार्य नगर्दा फाइदाजनक हुन्छ ।

५. हनिमुनको योजना :

आफ्ना जीवनसाथीसँग तपाईं हनिमुनका लागि कहाँ जाँदै हुनुहुन्छ भन्ने कुराको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक गर्नु कुनै राम्रो उपाय होइन भनेर बुझ्नुहोस् । आफ्नो भावनालाई केही रुपमा भएपनि सम्हालेर राख्नुहोस् । र, यस्ता कुरा भूलेर पनि सार्वजनिक नगर्नुहोस् ।

प्रकाशित मिति: Aug 12, 2019

प्रतिक्रिया दिनुहोस्