Logo
१५ चैत्र २०८०, बिहीबार
(August 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउने सोमबारको दिन डोलेश्वर मन्दिरमा दर्शन गर्न पुगे संस्कृतिमन्त्री भट्टराई

यस साउन महिनाको अन्तिम सोमबार आज पनि शिव मन्दिरमा भक्तजनको लामो लाइन रहेको छ । साउने सोमबारका दिन देशभरका शिवालयहरुमा दर्शनार्थीको भीड हुने गर्दछ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीस्थित मुक्तिनाथ च्वयनधाममा रहेको शिवमन्दिरमा पूजाअर्चनाका लागि भक्तजन लाइनबद्ध भएका छन् ।

त्यसैगरी भक्तपुरस्थित डोलेश्वर महादेव मन्दिरको दर्शन गर्न श्रद्धालुहरुको ठूलो भीड थियो । यस साउन महिनाको अन्तिम सोमबारको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराइ पनि दर्शन गर्न मन्दिर पाल्नुभएको छ ।

प्रकाशित मिति: Aug 12, 2019

प्रतिक्रिया दिनुहोस्