Logo
८ बैशाख २०८१, शनिबार
(August 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विष्फोट

झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा बम विष्फोट भएको छ । आज बिहान ४ः३० बजे भएको बम बिस्फोटमा अज्ञात समूहको हात रहेको जनाइएको छ ।

बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिस्फोट भएको इलाका प्रहरी कार्यालय गरामनीले बताएका छन् ।

प्रहरी निरीक्षक सुनिल श्रेष्ठका अनुसार गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा बम विष्फोट गराउँदा कार्यालयको झ्यालहरु भत्किएको छ । विष्फोट कसले गराएको हो पहिचान नभएको श्रेष्ठले बताए ।

घटनालगत्तै प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ । बम विष्फोटबाट कार्यालयको बाहिरी भवनमा क्षति पुगे पनि कागजात भने सुरक्षित रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: Aug 12, 2019

प्रतिक्रिया दिनुहोस्