Logo
८ बैशाख २०८१, शनिबार
(August 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काश्मीर मुद्दामा राजपा र समाजवादीको फरक धारणा

सत्ताधारी दल समाजवादी पार्टी र विपक्षी दल राष्ट्रिय जनता पार्टीका नेताहरुले जम्मु कश्मिको घटनालाई लिएर आ-आफ्नो धारणा सार्वजनिक गरेको छ ।

समाजवादी पार्टीले भारतको त्यो निर्णयलाई विरोध गरेको छ भने राजपा नेपालले भारतको निर्णयलई समर्थन गरेको छ । यद्यपि ती पार्टीहरुले औपचारिक रुपमा आ–आफ्नो धारणा सार्वजनिक गरेका भने हैनन् ।

समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले जम्मु काश्मीरका लागि भारतले लिएको निर्णयलाई गलत भनेका छन् उनले त्यसको बारेमा सबैले बोल्नुपर्ने भनेका छन् ।

उनले ट्वीटरमा भनेका छन्, काश्मीर घटना दुरगामी महत्त्वको छ । राज्य–राज्य बीचको सम्बन्धबारे बोल्दा कुटनीतिक बन्नुपर्ला । तर, लोकतन्त्र, आत्मनिर्णयको अधिकार, राष्ट्रिय स्वाधीनता, संघीय शासन, धर्मनिरपेक्षता, प्रेस स्वतन्त्रता मानव जातीका साझा मुद्दा हुन् । तिनको हनन् जहाँ जसले गरेपनि बेठीक हो र त्यो सबैले भन्न सक्नुपर्छ ।’

यता, राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले नेपाल एक भारतको नीतिमा उभिनुपर्ने बताएका छन् । उनले शनिवार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा भने, ‘जसरी नेपाल एक चीन नीतिमा उभिएको छ, त्यसरी नै एक भारतको नीतिमा पनि उभिनु पर्छ, राजपाको यो स्पष्ट धारणा हो ।’

यद्यपि संयोजक यादवले भारत–जम्मु काश्मीरको घटना भारतको आन्तरिक मामिला रहेको जिकिर गरे ।‘जम्मु काश्मीर तीन भागमा विभाजित छ, जम्मु, काश्मीर र लद्दाख,’ उनले भने, ‘तीनवटै सांस्कृतिकरुपमा फरक छन् ।’

यदि यहाँका दलहरुले त्यहाँको ३७० धारालाई स्वीकार गर्छन् भने मधेशका लागि त्यस्तै प्रावधानका लागि तयार हुन्छ हुँदैन भनेर उनले प्रश्न गरे । यदि यहाँका दल त्यसका लागि तयार भयो भने राजपा नेपालले पनि ३७० को बारेमा सोच्न सक्ने धारणा राखे ।

प्रकाशित मिति: Aug 11, 2019

प्रतिक्रिया दिनुहोस्