Logo
७ बैशाख २०८१, शुक्रबार
(August 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ५ मा सोमबार सार्वजनिक विदा

बुटवल : प्रदेश ५ सरकारले मुस्लिम समुदायको प्रमुख चाड बकर इदका दिन अर्थात भोली साउन २७ गते सार्वजनिक विदा दिने भएको छ ।

बकर इद भोली सोमबार परेको छ । बकर इद विदासम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित छ ।

संघीय सरकारले तोके बाहेक प्रदेश पाँचमा बकर इदसहित माघी र माघे संक्रान्तिमा (दुई दिन) तथा प्रदेश स्थापना दिवसमा फागुन ३ गते पनि सार्वजनिक विदा दिने निर्णय छ ।

यसबाहेक स्थानीय तहको निर्णयबाट एक दिन र भूमे पूजा, बड्का अटवारी पर्व, रमजान लगायतमा निश्चित समुदायलाई मात्रै विदाको व्यवस्था गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Aug 11, 2019

प्रतिक्रिया दिनुहोस्