Logo
१३ बैशाख २०८१, बिहीबार
(August 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा साउन २७ गते इदको सार्वजनिक विदा

पर्सा : भोली सोमबार अर्थात साउन २७ गते प्रदेश २ सरकारले बकर इदको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश पनि दिएका छन् ।

शुभकामना सन्देशमा उनले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन् ।

प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरे पनि केन्द्र सरकारले भने अहिलेसम्म विदासम्बन्धी निर्णय गरिसकेको छैन ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले अहिलेसम्म विदाबारे निर्णय नभएको बताएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले दिएको शुभकामना सन्देश

 

प्रकाशित मिति: Aug 11, 2019

प्रतिक्रिया दिनुहोस्