Logo
६ बैशाख २०८१, बिहीबार
(August 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुरोट छोड्न सकिराख्नुभएको छैन ? चिन्ता नलिई अपनाउनुहोस् यी तरिका

चुरोटको लत सबैभन्दा नराम्रो लत हो । यसको कुलतमा वृद्धदेखि युवासमेत फँसेका हुन्छन् ।  बानी लागेको थाहा नहुने अनि छुटाउन समस्या पर्ने यो लतका शतप्रतिशत बेफाइदा मात्र छन् ।

हामीले बच्चादेखि नै पढ्दै आएका छौँ कि यसले फोक्सो, घाटाँ, मुख देखि दिमागमा समेत भयानक असर देखाउँछ । तसर्थ चुरोट छुटाउनुपूर्व लतको कारण बुझ्नु अत्यन्त आवश्यक छ ।

चुरोटमा हुने निकोटिनले खुसी तथा सन्तुष्ट भएको बेला सक्रिय हुने दिमागको एक विशेष भाग सक्रिय हुन्छ। यसरी खुसी भइँदा दिमागमा डोपामिन नामको एक हर्मोन पैदा हुन्छ ।

गुलियो खाँदा, खुसी हुँदा, शारिरीक सम्पर्क गर्दा पनि यहि डोपामिन पैदा हुने गर्छ । नियमित डोपामिन पैदा हुँदा दिमागलाई डोपामिनको बानी पर्दछ । अनि नियमित डोपामिन पैदा गराउन सोही कार्य दोहोर्याउन दिमागले बाध्य बनाउँछ । त्यसैअनुरुप यसको नराम्रो लत लग्ने गर्दछ ।

यसरी लागेको लत छुटाउन कठिन हुन्छ तर असम्भव हुँदैन । लत केवल दिमागले नियमित गर्ने कार्य दोहोर्याउन बाध्य बनाएको प्रक्रिया मात्र हो । दिमागमा अन्य तरिकाले डोपामिन पैदा गराइ लागेको लत कम गर्न सकिन्छ ।

यी कुराहरमा विशेष ध्यान दिने हो भने छुटाउन सकिन्छ चुरोटको लत :

१. चुरोट छोडेकाको संगत गर्नुहोस् :

दैनिक लाखौ मानिले चुरोटको लत छुटाउँछन्, तपाइ पनि तिनै मानिससंग मिसिन सक्नुहुन्छ। चुरोट छोडेका संग लत छुटाउने बारे अनुभव हुन्छ जसले तपाइको लत छुटाउन मद्धत गर्छ।

२. लेख्ने गर्नुहोस् :

किन चुरोट छोड्न चाहनुहुन्छ लेख्ने बानी गर्नुहोस्, चुरोटका वेफाइदा अनि तपाइमा देखिएको असर लेख्ने गर्नुहोस्। यसो गर्दा तपाईको दिमागले लत छुटाउने तर्फ ज्यादा ध्यान दिने गर्छ।

३. छोड्ने मिति तोक्नुहोस् : 

चुरोट कहिले सम्म छोडिसक्नु हुन्छ? मिति तोक्नुहोस् अनि परिवार वा साथीभाइ लाई पनि भन्ने गर्नुहोस्।

४. हरेस नखानुहोस् :

लत छोड्न निकै गाह्रो हुन्छ। निकोटिन निकै एडिक्टिभ हुन्छ। लत छोड्ने क्रममा कहिले चुरोट खाउँ खाउँ लाग्न हुन्छ, कहिले तपाइको मुडमा नै नकारात्मक असर पर्न सक्छ। तर ती सबैको लागि तयार रहि हेरस नखाइ छोड्न तिर बल गर्नुपर्छ।

५. कारण पत्ता लगाउनुहोस् :

के कारणले, कुन बेला, कस्तो अवस्थामा चुरोट पिउने गर्नुहुन्छ? कापीमा टिप्ने गर्नुहोस्।

६. तरिका परिवर्तन गर्नुहोस् :

कारण पत्ता लगाएपछि आफ्नो जीवनशैली वा कार्यशैली परिवर्तन गर्नुहोस्। चुरोट पिउने अवस्था थाहा पाएपछि ती अवस्था आउन नदिन पहिल्यै सजग बन्न सकिन्छ।

७. चुरोट कहिल्यै नखाएकाको संगत गर्नुहोस् : 

चुरोट नखाने साथी भाइसंग संगत गर्नुहोस् अनि आफुले चुरोट छाड्न लागेको बताउनुहोस्। साथीहरुलाई चुरोट छोडाउन आफुलाई सहयोग गर्न भन्नुहोस्।

८. चुरोट छोड्नुको फाइदा याद गर्नुहोस् :

चुरोट खाइरहँदा यसले पारेको असर सुरुसुरुमा देखिने गर्दैन। तर विस्तारै देखिदैँ जाने असर अन्त्यमा ज्यानमार ठहरिन्छ। प्रत्येक दिन चुरोट खान कम गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ। पुरै छोड्दा चुरोटले शरिरमा गरेको भयानक असर विस्तारै कम हुदैँ जाने हुन्छ ।

प्रकाशित मिति: Aug 10, 2019

प्रतिक्रिया दिनुहोस्