Logo
१५ चैत्र २०८०, बिहीबार
(August 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साताको शेयर : नेप्से परिसूचक उतारचढावपूर्ण, २ अर्ब २८ करोडको कारोवार

काठमाडौं :  नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । पूँजीगत लाभकरलगायतका विषयमा देखिएको विवादका कारण बजारले लय समात्न नसकेको बताइन्छ ।

धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीका ७४ लाख ३८ हजार ८४८ कित्ता शेयर २ अर्ब २८ करोड ७३ लाख ८७ हजार ६३६ रुपैयाँ मूल्यमा खरीद बिक्री भएका छन् ।

आइतबार कूल १६९ कम्पनीका १४ लाख ६७ हजार ४६४ कित्ता शेयर ४७ करोड ४१ लाख ५१ हजार ७२९ रुपैयाँ मूल्यमा खरीद बिक्री भए । बिहीबारको तुलनामा कारोवार रकम समेत ओरालो लागेको हो । बिहिबार ५९ करोड ५ लाख ८८ हजार २३९ रुपैयाँ मूल्यमा खरीदबिक्री भएका थिए ।

यस्तै सोमबार नेप्से परिसूचक ४.५५ अङ्कले घटेर १ हजार २५५.०९ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चेको थियो । स्टक एक्स्चेन्जका अनुसार कूल १६७ कम्पनीका १५ लाख ५ हजार ५०६ कित्ता शेयर ४४ करोड ३२ लाख ५ हजार ४८१ मा खरिद बिक्री भए ।

मङ्गलबार पनि कारोबार मापक नेप्से परिसूचक करीब १० अङ्कले घट्यो । सो दिन नेप्से परिसूचक ९.३६ अङ्कले घटेर १ हजार २४५.७३ मा पुग्यो । सो दिन कूल १६९ कम्पनीका १४ लाख ४९ हजार ६९७ कित्ता शेयर ५४ करोड ७ लाख ५५ हजार १८२ रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।

बुधबार नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भयो । परिसूचक २.७५ अङ्कले बढेर १ हजार २४८.४८ मा पुगेको छ । परिसूचक बढेपनि कारोबार रकममा भने अपेक्षित सुधार आउन सकेन । कूल १७२ कम्पनीका ११ लाख ३८ हजार ६३९ कित्ता शेयर ३६ करोड ८६ लाख ४५ हजार ६६९ रुपैयाँमा खरीदबिक्री भए ।

बिहीबार कारोबार मापक नेप्से परिसूचक ९.९२ अङ्कले घटेर १ हजार २३८.५६ पुग्यो। कूल १६६ कम्पनीका १८ लाख ७७ हजार ५४२ कित्ता शेयर ४५ करोड ४६ लाख २९ हजार ५७५ रुपैयाँमा खरिदबिक्री भए ।

प्रकाशित मिति: Aug 10, 2019

प्रतिक्रिया दिनुहोस्