Logo
७ बैशाख २०८१, शुक्रबार
(August 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चाणक्य नीतिका अनुसार यस्ता ४ कार्य जुन गरेपश्चात पवित्र बन्न नुहाउनैपर्छ

हाम्रो हिन्दू शास्त्रमा विभिन्न कुरा उल्लेख गरिएको हुन्छ । मानिसको असल आचरणदेखि लिएर विभिन्न तौर तरिकासम्मको कुरा शास्त्रमा लेखिएको छ । जुन कतिपय मापनसहरुले आफ्नो जीवनमा निर्वाह पनि गरिरहेका छन् ।

त्यसैअनुरुप हाम्रो शास्त्रमा मानिसले बिहान सबेरै उठेर स्नान गर्नुपर्ने कुरा गरेको छ । त्यसो गर्दा उसको दिनभरको समय राम्रो बित्ने तथा मन खुशी र शान्तथ रहने बताइएको छ । त्यसैगरी दैनिक जीवन यापन कसरी सहज बनाउने विषयमा शास्त्रहरुमा विभिन्न तौर तरिकाका विषयमा उल्लेख गरिएको छ ।

चाणक्य नीतिले बताएअनुसार यस्ता ४ कार्यहरुको उल्लेख गरिएको छ जुन महिला होस् या पुरुष कार्यसिद्धिपछि पवित्रताका लागि गर्नैपर्ने हुन्छ । ती ४ कार्य जुन गरिसकेपश्चात बामीले तुरुन्त स्नान गर्नुपर्ने हुन्छ ।

ती ४ कार्य यस्ता रहेका छन् :

१. तेल मालिस गरेपछि नुहाउनुपर्छ
चाणक्यले शास्त्रअनुसार स्वस्थ शरीर र चमकदार छालाका लागि हप्तामा कम्तीमा एकपटक पुरा शरीरमा तेल मालिस गर्नुपर्छ । तेल मालिसपछि शरीरमा भएका रोम छिद्रहरु खुल्छन् र भित्रका विकार पदार्थहरु बाहिर निस्कन्छन् । यसकारण तेल मालिस गरेको केही समयपछि नै नुहाउनुपर्छ । तेल मालिशपश्चात ननुहाई बाहिर जानु अशुभ मानिन्छ ।

२. शवयात्राबाट फर्केपछि नुहाउनुपर्छ

चाणक्य नीतिका अनुसार मलामी गएर फर्केपछि पनि नुहाउनुपर्छ । किनकी घाट वरिपरी भएका किटाणुहरुले हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । यदि ननुहाई बसेमा कपडा वा शरीरका अन्य भागमा किटाणुहरु हुनसक्छन्, जसले हाम्रो स्वास्थ्यमा असर र्पुयाउन सक्छ ।

३. शारीरिक सम्बन्धपछि नुहाउनुपर्छ

स्त्री होस् या पुरुष शारीरिक सम्बन्ध गरेपछि नुहाउनु जरुरी मानिन्छ । किनकी उक्त समयमा महिला तथा पुरुष दुवै अपवित्र हुन्छन् । चाणक्य नीतिका अनुसार यदि कोहि सम्पर्कपछि पनि नुहाउँदैन भने ऊ कुनैपनि धार्मिक कामका लागि योग्य हुन सक्दैन ।

४. कपाल काटेपछि नुहाउनुपर्छ

चाणक्य नीतिका अनुसार कपाल काटेपछि नुहाउनुपर्छ । कपाल काटेपछि पुरै शरीरभरि कपालका स(साना टुक्राहरु झरेका हुन्छन् । त्यसकारण कपाल काटेपछि नुहाउनु जरुरी मानिन्छ ।

प्रकाशित मिति: Aug 10, 2019

प्रतिक्रिया दिनुहोस्