Logo
७ बैशाख २०८१, शुक्रबार
(August 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रकेट परीक्षणका क्रममा ५ वैज्ञानिकको मृत्यु, ९ घाइते

मस्को :  रुसको न्योनोस्का क्षेत्रमा गरिएको रकेट परीक्षणमा दुर्घटना भएको छ । सो परीक्षणका क्रममा भएको विष्फोटमा परी ५ जनाको मृत्युका साथै ९ जना घाइते भएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरु परमाणु वैज्ञानिक रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् । परीक्षणका क्रममा न्योनोस्कादेखि ४७ किलोमिटरको दूरीमा रहेको सेभेरोन्दिस्क शहरको रेडिएसनस्तर सामान्यभन्दा २० गुणा बढेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

मेडिकल टीमले केमिकल र न्यूक्लियर प्रोटेक्सन पोशाक लगाएर सबै घाइतेको उद्धार गरेका छन् । यो घटनापछि आम मानिसमा रेडिएसन फैलने आशंका गरिएको छ ।

दुर्घटनामा परी ज्यान गुमाएकाहरुको नाम सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति: Aug 10, 2019

प्रतिक्रिया दिनुहोस्