Logo
१३ बैशाख २०८१, बिहीबार
(August 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जानीराखौँ : धेरै चिसो पानी पिउनाले निम्त्याउँछन् यस्ता बेफाइदाहरु

गर्मी मौसममा प्राय मानिसहरु तिर्खा मेटाउन चिसो पानी पिउने गर्छन् । फ्रिजको चिसो पानी सबैलाई मन पर्छ तर धेरै चिसो पानी पिउनु शरीरका लागि नकारात्मक असर पर्न सक्छ भन्नी कुरा कमैलाई थाहा होला ।

तसर्थ फ्रिजमा राखिएको पानी पिउनाले शरीरलाई फाइदा भन्दा बेफाइदा बढी गर्छ । त्यो कसरी भन्दा यहाँ छन् त्यसका उत्तरहरु :

१. धेरै चिसो पानी पिउनाले रक्तनलीहरु खुम्चिन्छन् जसले शरीरको पाचन प्रक्रियामा असर पार्छ । यसले खानेकुरा राम्रोसंग पच्दैन र आवश्यक मात्रामा शरीरलाई पोषक तत्व प्राप्त हुन सक्दैन ।

२. फ्रिजमा राखेको चिसो पानी तथा बरफहरुको सेवन गर्नाले मुटुको धड्कनमा असर पार्छ यसले स्नायुतन्तुलाई उत्तेजित गराइदिन्छ र मुटुको गति कम हुने गर्छ ।

३. धेरै चिसो पानी पिउनाले शरीरमा अनावश्यक रुपमा उर्जा खर्च हुन्छ जसले खानेकुरामा भएका पोषक तत्व शरीरले सबै प्राप्त गर्न सक्दैन ।

४. धेरै चिसो पानी पिउनाले घाँटीमा असर गर्छ । यसले घाँटीका मांशपेशी तथा कोशिकाहरुमा असर पर्नुका साथै संक्रमणको खतरा हुन्छ ।

प्रकाशित मिति: Aug 10, 2019

प्रतिक्रिया दिनुहोस्