Logo
८ बैशाख २०८१, शनिबार
(August 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६६ औँ राष्ट्रिय चलचित्र पुरस्कार : सर्वश्रेष्ठ अभिनेतामा आयुष्मान खुराना र विक्की कौशल

भारतको प्रतिष्ठित चलचित्र पुरस्कार ६६ औँ राष्ट्रिय चलचित्र पुरस्कारको घोषणा भएको छ । सन् २०१८ मा प्रदर्शनमा आएका चलचित्र मध्येबाट उत्कृष्ट रहेकाहरुले उक्त पुरस्कार पाउने भएका हुन् ।

भारतको राजधानी दिल्लीको शास्त्री भवनमा आयोजित कार्यक्रममा पुरस्कारको घोषणा गरिएको हो । हिन्दी भाषामा सर्वोत्कृष्ट चलचित्रको पुरस्कार अन्धाधुनले पाएको छ भने सर्वश्रेष्ठ फिचर फिल्मको पुरस्कार गुजराती चलचित्र हेल्लारोले पाएको छ ।

अन्धाधुन श्रीराम राघवनको निर्देशनमा बनेको अन्धाधुन चलचित्रमा आयुष्मान खुराना, राधिका आप्टे र तब्बू मुख्य भूमिकामा रहेका छन् ।

सर्वश्रेष्ठ अभिनेताको पुरस्कारमा २ वटा अभिनेताले पाउने भएका छन् : अन्धाधुनका लागि आयुष्मान खुराना र उरीः द सर्जिकल स्ट्राइकका लागि विक्की कौशल । त्यसैगरी सर्वश्रेष्ठ अभिनेत्रीका लागि भने तेलुगू चलचित्र महानटीका अभिनेत्री कीर्ति सुरेशले पाउने भएकी छिन् ।

आयुष्मान खुराना राष्ट्रिय पुरस्कार पाएपछि खुशी व्यक्ति गर्दै मेहनतको परिणाम रहेको बताएका छन् । सर्वश्रेष्ठ निर्देशकको पुरस्कार उरीका निर्देशक आदित्य धरले पाएका छन् ।

सह अभिनेताको पुरस्कार मराडी चलचित्र चुम्बकका लागि स्वानन्द किरकिरेले पाए । यस्तै चलचित्रका बधाई हो का लागि सुरेखा सिकरीले पाएकी छन् ।

पद्मावतका लागि संगीतकार सञ्जय लीला भन्सालीले सर्वश्रेष्ठ संगीत निर्देशनको पुरस्कार पाएका छन् । यस्तै सर्वश्रेष्ठ गायकको पुरस्कार पद्मावतबाट अरिजीत सिंहले पाएका छन् । चलचित्रका लागि सबैभन्दा अनुकुल राज्यको पुरस्कार उत्तराखण्डले पाएको छ ।

प्रकाशित मिति: Aug 10, 2019

प्रतिक्रिया दिनुहोस्