Logo
७ बैशाख २०८१, शुक्रबार
(August 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लामखुट्टे धपाउन बालेको आगोबाट ८ लाखको क्षति

सांकेतिक तस्बिर

पर्सा : लामखुट्टे धपाउन गाई गोठमा बालेको आगो सल्किएर घर नै ध्वस्त भएको छ । पर्साको बहुदरमाई नगरपालिकाका २ सिसियाडी टोलका दुर्गा साह तेलीको घर लामखुट्टे धपाउन बालेको आगो सल्किएर नष्ट भएको हो ।

आगलागीबाट तेलीको घरको अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ भने गोठका दुई वटा गाई पनि जलेर मरेको पर्सा प्रहरीले जनाएको छ ।

सुरुमा गोठमा सल्केको आगोले दुईवटा गाई जलेर मरेको र पछि त्यो आगो घरतर्फ सल्कँदा घरको अन्नपात तथा लत्ताकपडा पनि पूरै जलेर नष्ट भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।

’आगलागीबाट तेलीको करिब आठ लाख जति क्षति भएको प्रहरीले अनुमान गरेको छ’ उनले भने। काठ र एलबेष्टरले बनेको गाई गोठमा लामखुट्टे धपाउन बालेको आगो सल्किएर क्षति पुगेको पर्सा प्रहरीले जनाएको हो ।

सानो हेलचेक्र्याइले गर्दा वर्षातको समयमा पनि आगलागीबाट तेली परिवार पीडित बन्नु परेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: Aug 9, 2019

प्रतिक्रिया दिनुहोस्