Logo
७ बैशाख २०८१, शुक्रबार
(August 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानाध्यापकको कुटाइबाट कक्षा १० मा पढ्ने विद्यार्थीको दाँत झर्यो

बाग्लुङ : विद्यालयका प्रधानाध्यापकको पिटाइबाट कक्षा १० मा पढ्ने एक छात्र घाइते भएका छन् ।

बाग्लुङ नगरपालिका-१४ नारायणस्थास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमको कुटपिटले कक्षा १० का विद्यार्थी १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन् । पौडेलको अगाडिको माथिल्लोपट्टिको दाँत खसेको कुशलका बाबु प्रेमप्रसादले जानकारी दिए ।

अतिरिक्त गणित विषय पढाउने प्रधानाध्यापक गौतमले कुशलले नजानेको निहुँमा कुटपिट गरेको आरोप छ । उनले विद्यार्थी बेहोस हुने गरी कुटपिट गरेको प्रेमप्रसादको दाबी छ । बेहोस भएकाले कति समय कुटपिट गरे भन्ने समेत थाहा नपाएको पीडित विद्यार्थी बताउँछन् ।

‘साथीहरुले भनेको सुन्दा धेरैबेर कुटपिट गरेपछि उनी बेहोस भएका थिए,’ प्रेमप्रसादले भने, ‘माथिल्लो दाँत खसेकाले त्यहीँका शिक्षकहरुले खबर गरेपछि हामी पुगेर निकालेर ल्याएका हौं ।’ पीडितकी आमा स्वास्थ्यकर्मी भएकीले घरमै उपचार गरेर राखिएको छ ।

कुशलका बाबु प्रेमप्रसाद पनि शिक्षक हुन् । उनले भने, ‘म पनि शिक्षक हो, विद्यार्थीलाई कुटपिट गर्न पाइँंदैन ।’ उनले कुटपिट गर्ने शिक्षकविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् ।

प्रकाशित मिति: Aug 9, 2019

प्रतिक्रिया दिनुहोस्