Logo
७ बैशाख २०८१, शुक्रबार
(August 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्कली नोट र छपाइ मेसिनसहित ७ जना पक्राउ

कैलाली : पछिल्लो समय कैलालीबाट नक्कली नोट पक्राउ पर्ने क्रम बढे सँगै नक्कली नोट र त्यसको छपाइ मेसिनसहित पक्राउ परेका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

धनगढी र काठमाडौंबाट विभिन्न मितिमा पक्राउ परेका ७ नक्कली नोटका कारोबारीलाई जिल्ला प्रहरी कार्यालय, कैलालीले शुक्रबार बिहान सार्वजनिक गरेको हो ।

उनीहरुलाई फरक फरक मितिमा मितिमा धनगढी र काठमाडौंबाट पक्राउ गरिएको कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए ।

उनीहरुको साथबाट खोटा नोट छाप्ने मेसिन एक थान, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर र नेपाल तथा भारतका नक्कली नोट प्रहरीले बरामद गरेको छ ।

नक्कली नोट बनाउने कार्यमा संलग्नको आरोपमा पक्राउ परेकामा चुरे गाउँपालिका–१, कैलालीका २५ वर्षीय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका-३ का २४ वर्षीय पल्लपराज भट्ट र बर्दिवास नगरपालिका-६, महोत्तरीका २५ वर्षीय गोकुल खड्का रहेका छन् ।

त्यस्तै, भारत लख्मिपुरका श्रवणकुमार सिंह, गुरु जीत र खुराम दगौडालाई पनि प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: Aug 9, 2019

प्रतिक्रिया दिनुहोस्