Logo
१२ बैशाख २०८१, बुधबार
(August 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धारा ३७० को खारेजीपछि मोदीको विशेष सम्बोधनः यो १४ वटा महत्वपूर्ण बुँदा (भिडियो सहित)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राती ८ बजे राष्टको नाममा विशेष सम्बोधन गरेका छन् । प्रधानमन्त्री मोदीको ४० मिनेट लामो सम्बोधन केही दिनअघि हटाइएको संविधानको धारा ३७० मा केन्द्रीत थियो ।

प्रधानमन्त्री मोदीले दशकौंदेखि जम्मु काश्मिरमा रहेको आतंकवाद, अलगवाद, भ्रष्टाचार र परिवारवादलाई धारा ३७० को खारेजीले अन्त गरिदिएको बताएका छन् । सम्बोधनका क्रममा उनले संविधानको यो धारा हटाएपछि केन्द्रको शासनमा आएको जम्मु काश्मिरमा विकासले गति लिने बताए ।

प्रधानमन्त्री मोदीले जब जम्मु काश्मिरको अवस्था सामान्य हुन्छ, त्यहाँको विकास हुन्छ, शान्ति र समृद्धि स्थापना हुन्छ तब यो केन्द्रको शासनमा नरहने दाबी गरे ।

उनले केही समयका लागि मात्र जम्मु काश्मिरलाई केन्द्रको शासनमा राख्ने बताउँदै उनले यहाँ केही समयभित्रै निर्वाचन गरिने समेत बताए । ४० मिनेट लामो सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले १४ वटा महत्वपूर्ण विषय उठान गरेका छन् ।

१. जम्मु काश्मिर र लद्दाखमा नयाँ युगको शुरुवात ।

२.संविधानको धारा ३७० को नोक्सानका बारेमा कहिल्यै छलफल भएन ।

३.यसअघि काश्मिरका डेढ करोड जनता देशको कल्याणबाट बञ्चित भए ।

४.अब जम्मु काश्मिर चाँडै नै नकारात्मक नतिजाहरुसहित बाहिर आउनेछ ।

५.राज्यपालको शासनकालमा जमिनामा सुशासनको प्रभाव।

६. यसअघि काश्मिरमा पञ्चायत र नगरपालिकाको चुनावमा समेत लाखौंलाई भोट दिने अधिकार थिएन । अब त्यो बाटो खुल्छ ।

७. जम्मु काश्मिरमा तेजश्वी विद्यायकहरु आए, शक्तिशाली मुख्यमन्त्री बन्नुहोस् ।

८.बहिनीहरु र छोरीहरुलाई आग्रह छ, आफ्नो क्षेत्रको कमाण्ड लिनुहोस् ।

९. काश्मिर र लद्दाख सबैभन्दा ठूलो पर्यटकीय गन्तव्य बन्ने क्षमता रहेको छ ।

१०. काश्मिरका बालबालिकाले खेलकुदको दुनियाँमा भारतको नाम उज्जल बनाउँनेछन् ।

११.लद्दाखमा अध्यात्मिक पर्यटन केन्द्र र सौर्य ऊर्जाको भण्डार देखिन्छ ।

१२. १ सय ३० करोड भारतीय काश्मिर र लद्दाखबारे चिन्तित छन् ।

१३. काश्मिरका जनताले परिस्थिति बिगार्नेलाई धैर्यतापूर्वक जवाफ दिएका छन् ।

१४. अब यहाँ इद मनाउन कुनै समस्या छैन भनेर निश्चित गरिनेछ गर्नेछ ।

भिडियो :

प्रकाशित मिति: Aug 9, 2019

प्रतिक्रिया दिनुहोस्