Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाइराख्नुहोस् : थाइरड पीडितले के खान हुने अथवा के खान नहुने ?

अहिलेको भागदौड जिन्दगी र अस्वस्थ खानपिनका कारण मानिसहरु थुप्रै रोगका शिकार भइरहेका छन् । मानिसहरुलाई आफ्नो शरीरको बारेमा सोच्नसमेत फुर्सद नभएको हुँदा यस्ता समस्या आइपरेको हाम्रा चिकित्सकले समयसमयमा बताउँदै आइरहेका छन् ।

अन्य रोगको सन्दर्भमा भन्नुपर्दा आज हामी थाइरडका बारेमा केही जानकारी दिन गइरहेका छौँ । थाइरडका बिरामीले के खान हुने अथवा के खान नहुने बारेमा बताउन पर्दा यस्ता छन् ती खानेकुराहरु :

खाने

१.  दैनिक खानामा ३०-३० प्रतिशत सलाद र उसिनेको खानेकुरा तथा ४० प्रतिशत नियमित खानाको अनुपात मिलाएर खाने हो भने थाइराइडको समस्या कम गर्न सकिन्छ ।
२.  सलादमा प्याज, काक्रो, गाँजर, भिजाइएको गेडागुडी खान सकिन्छ । त्यस्तै, उसिनेको खानेकुरामा आलु, तरुल र सखरखण्ड आदि खान सकिन्छ ।
३.  अन्न, दाल, दूधजन्य खानेकुरा, माछा, अन्डा, च्याउ, ओखर, बदाम, नट्स, फलफूल, अदुवा, जुस, ग्रिन टी र प्रशस्त पानी खानपिउन सकिन्छ । यस्ता खानेकुराले शरीरमा मेटाबोलिज्मको मात्रालाई नियमित गर्न सघाउ पु(याउँछन् ।

नखाने

१.  सोयाबिन र यसबाट बन्ने खानेकुरा खानुहुँदैन । सोयाबिनको तेलले शरीरमा थाइराइड हर्मोनमा कमी ल्याउँछ ।
२.  सेतो आटाबाट बनेका पाउरोटी, बे्रेड, पिज्जा र बर्गर आदि ग्ल्युटिन तत्व भएका खानेकुरा सकेसम्म खानुहुँदैन । अझ औषधि सेवन गरिरहेकाले त ग्ल्युटिनयुक्त खानेकुरा खानैहुँदैन । खाएमा औषधिको प्रभाव घटाउनुका साथै शरीरमा पोषणको कमी हुन्छ ।
३.  फुलगोभी र बन्दागोभीले शरीरमा आयोडिनको कमी गराउँछ । यसर्थ, आयोडिनको कमीका कारण थाइराइडको समस्या हुने भएकाले यस्ता तरकारी सेवन गर्नुहुँदैन ।
४.  शरीरमा मेटाबोलिज्मको कमी हुनेले चिनी सेवन गर्नुहुँदैन । त्यस्तै, जंकफुड, तेलमा तारेका मैदाबाट बनेका र प्याकेटका खानेकुरा खानुहुँदैन ।

प्रकाशित मिति: Aug 8, 2019

प्रतिक्रिया दिनुहोस्