Logo
१३ बैशाख २०८१, बिहीबार
(August 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गैरआवासीय मधेशी संघको कार्यक्रममा भाग लिन डा. सिके राउत कतारतिर

गैरआवासीय मधेशी संघको कार्यक्रममा भाग लिनका लागि डा. सिके राउत कतारतिर प्रस्थान गरेका छन् । स्वतन्त्र मधेशी अभियान छाडेर जनमत पार्टी स्थापना गरेका डा. राउत बिहीबार कतारका लागि काठमाडौंको त्रिभुवन विमानस्थलबाट प्रस्थान गरेका हुन् ।

कतारमा गैरआवासीय मधेशी संघको आयोजनमा हुन लागेको एक कार्यक्रममा सहभागी हुनका त्यता लागेका हुन् । कतारमा नेपाली दूतावास सहित अन्य नेपाली संघ संगठनहरुले समेत स्वागत अभिनन्दन गर्ने कार्यक्रम रहेको छ।

१० दिने भ्रमणका क्रममा डा राउतले नेपाली कामदारहरुको अवस्था समेत बुझ्ने बताएका छन् । त्यस्तै त्यहाँका बिभिन्न क्याम्पहरुको भ्रमण गर्ने, कामदारहरुको समस्याहरूको समाधानका लागि पहल गर्ने तथा दुई देश बीच सुमधुर सम्बन्ध स्थापित गर्न तथा आर्थिक सांस्कृतिक प्राविधिक सहकार्यका सम्भावनाहरूको बारेमा छलफल गर्ने कार्यक्रम रहेको जनमत पार्टीका नेता चन्दन सिंहले बताएका छन् ।

प्रकाशित मिति: Aug 8, 2019

प्रतिक्रिया दिनुहोस्