Logo
१३ बैशाख २०८१, बिहीबार
(August 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्लोबल आइएमई बैंकले खोल्यो एकैसाथ ३ वटा नयाँ शाखा

काठमाडौं :  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गर्न लागेको छ । उक्त बैंकले ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ ३ वटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४० पुगेको छ ।

बैंकले धनकुटा नगरपालिका १ हिले बजारमा, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ६ नयाँ बजार र खोटाङ्गको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका १ दिक्तेल बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले हाल १४० शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १७९ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: Aug 8, 2019

प्रतिक्रिया दिनुहोस्