Logo
१५ चैत्र २०८०, बिहीबार
(August 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पारिवारिक भ्रमणमा निस्किँदै पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहको थाइल्याण्ड जाने तयारी रहेको छ । पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिनाका साथ भोलि साउन २४ गते शुक्रबार थाइल्याण्डको बैङ्कक जान लागेका हुन् ।

उनको यो भ्रमण पारिवारिक रहेको निर्मल निवास स्रोतले जनाएको छ । उनी त्यहाँ पुगेको केही दिनपछि पूर्वरानी कोमल पनि थाइल्याण्ड जाने कार्यक्रम रहेको छ । पूर्वयुवराज्ञी हिमानी शाह बुधबार दुई छोरी पूर्णिका र कीर्तिकासँगै थाइल्याण्ड गएकी छिन् । अधिकांस भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र, कोमल र हिमानी सँगसँगै निस्कने गरेका छन् ।

विभिन्न सामाजिक सञ्जालमा पूर्वराजवादीले राजा फर्कने अफवाह चलाइरहेको बेला उनी थाइल्याण्ड जान लागेका हुन् । दशैँको केही दिनअघि मात्र फर्कने गरी पूर्वराजाको परिवार थाइल्याण्ड जान लागेको हो ।

करिब ३ साता लामो भ्रमणमा थाइल्याण्ड जान लाग्नुभएका छन् । पूर्वराजा ज्ञानेन्द्रले थाइल्याण्डलाई ट्रान्जिट बनाएर विभिन्न मुलुक भ्रमण गर्ने सोच बनाएका छन् ।

प्रकाशित मिति: Aug 8, 2019

प्रतिक्रिया दिनुहोस्