Logo
८ बैशाख २०८१, शनिबार
(August 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सवारीसाधनमा यात्रा गर्दा हुने वान्ताबाट छुटकारा पाउन अपनाउनुहोस् यी ८ उपाय

कतिपय मानिसहरुलाई बस, माइक्रो, ट्याक्सी आदिमा टाढाको यात्रा गर्दा वान्ता अर्थात उल्टी हुने समस्या हुन्छ । कोही त वान्ता हुने समस्याका कारण यात्रा गर्नुपर्ने डरले नै पहिलादेखि असहज महसुस गर्न थाल्छन् । अझ साना बालबालिकालाई त वान्ता हुने समस्याका कारण बस वा माइक्रो देख्ने बित्तिकै डराएर रुनसमेत थाल्छन् ।

हामीलाई पनि थाहा छ, सवारी साधानमा यात्रा गर्दा वान्र्ता हुँदा शरीर र मन कति धेरै कमजोर हुन्छ । त्यसैले आज हामी वान्ता किन हुन्छ र वान्ता हुनबाट कसरी बच्न सकिन्छ भनेर जानकारी दिँदैछौं ।

सवारीमा यात्रा गर्दा आखिर किन हुन्छ वान्ता ?
टाढाको यात्रा गर्दा वा धेरै घुम्तिको बाटोमा यात्रा गर्दा मानिसलाई वान्ता हुन्छ । तीव्र गतिमा रहेको सवारीभित्र मानिसले पर्याप्त मात्रामा अक्सिजन नपाउँदा वान्ता हुनसक्छ ।

यसबाट कसरी बच्ने ?
१. वान्ता हुन लागेमा लामो–लामो श्वास लिने,
२. यात्रा गर्दा कागती लिएर जाने र बेलाबेलामा कागती सुँघ्ने,
३. अदुवाको टुक्रा वा अदुवा राखेको चिया खाने,
४. ल्वाङ्ग खाने,
५. कागती र पुदिनाको जुस पिउने,
६. सुकमेल खाने,
७. यात्रा गर्दा वान्ता हुने समस्या छ भने सकेसम्म अगाडिको सिट वा झ्याल भएको सिटमा बस्ने,
८. यात्रा गर्नुअघि केही खानेकुरा खाने ।

प्रकाशित मिति: Aug 7, 2019

प्रतिक्रिया दिनुहोस्