Logo
६ बैशाख २०८१, बिहीबार
(August 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् बलिउडका चर्चित ८ ‘बेस्ट फ्रेन्ड’ जोडी

प्रत्येक मानिसको कुनै पढावमा कोइ न कोइ साथी हुन्छन् । साथी भनेको जीवनको सुख र दुख बाँड्ने खालका हुन्छन् । उनीहरुसँग जिन्दगीका हरेक पल चाहे त्यो सुखको होस् वा दुखको होस् निस्फिक्र भई सेयर गरिन्छ ।

साथीहरुसँग कहिले हाँसिन्छ कहिले सानोतिनो कुरामा पनि मनमुटाव हुन्छ । जसका कारण धेरै दिनसम्म पनि नबोली बस्छन् । तर ती कैंयौ साथीहरुबीच एक त्यस्तो मिल्ने साथी हुन्छ जोसँग हामी एकअर्काका हरेक कुरा सेयर गर्न सक्छौं ।

बलिउडमा पनि थुप्रै यस्ता ‘बेस्ट फ्रेन्ड’ जोडी रहेका छन् जुन आज हामी तपाईहरुलाई बताउन गइरहेका छौँ ।

१.  सलमान खान र शाहरुख खान
बलिउड सेलिबे्रटीहरुको बेस्ट फ्रेन्डको कुरा आउँदा सलमान र शाहरुखको नाम अग्रस्थानमा आउँछ । तर बीचमा थुप्रै कारणहरुले गर्दा यी दुईको मित्रतामा चिसोपन आएको थियो । तर करिव ६ वर्षपछि सन् २०१४ मा बाबा सिद्दिकीको हफ्तार पार्टीमा दुवैले लामो समयको चिसोपनलाई बिर्सेर पुन मित्रताको हात अगाडी बढाएका थिए । अहिले सलमान र शाहरुख कार्यत्रमहरुमा पनि सँगै देखिन थालेका छन् ।

२.  करण जोहर र काजोल
अभिनेत्री काजोल र निर्देशक करणको मित्रता चलचित्र ‘कभी खुशी कभी गम’को सेटबाट भएको हो । यी दुईजनाकोे मित्रता यति गहिरो थियो की करणको हरेक चलचित्र काजोल बिना बन्दैन थियो । काजोल भने घरमा कुनै किसिमको उत्सवमा हुँदा करणलाई सामेल गराउँथिन् ।

३. अजय देवगन र रोहित शेट्टी
अजय र रोहित बच्चाका साथीहरु हुन् । यही कारण होला रोहितका चलचित्रमा अजय लिड रोलमा देखिन्छन् । तर चलचित्र ‘दिलवाले’मा रोहितले शाहरुखलाई लिडमा लिएपछि यी दुईको मित्रतामा चिसोपन आएको थियो ।

तर ‘दिलवाले’ फ्लप चलचित्रको लिस्टमा सामेल भयो । चलचित्रको असफलतासँगै रोहितले आफना पुरानो साथी अजयलाई सम्झिएका हुन् । रोहितले भने, “अजयले मलाई त्यो बेला साथ दिएका थिए, जव मेरो चलचित्रहरु असफल भैरहेका थिए । अजयले मलाई विश्वास गरेर मेरो कयौं चलचित्रहरु असफल हुँदा पनि मेरो चलचित्रमा काम गरिरहे ।”

रोहितको यो भनाईसँगै अजयले पनि पुराना नराम्रा कुरा बिर्सेर उनको र रोहितको मित्रता अटुट रहेको बताएका थिए ।

४.  फराह खान र शाहरुख खान
शाहरुख र फराहको मित्रता त बलिउडमा सबैभन्दा उदाहरणीय र गहिरो मानिन्छ । दुबै एकअर्काको चलचित्रको हिस्सा मानिन्छन् । तर केही समयअघि फराहका श्रिमान शिरिष कुंदरको चलचित्र शाहरुखले गर्न नमानेपछि फराहले शाहरुख सँगको आफनो गहिरो मित्रताबाट हात झिकेकी थिइन् ।

करिव ५ वर्षपछि शाहरुख र फराहको ‘कोल्ड वार’ समाप्त भएको छ । खबरका अनुसार फराह आफनो आगामी चलचित्र ‘सत्ते पे सत्ता’ को रिमेकमा शाहरुखलाई मुख्य रोलमा राख्ने भएका छन् ।

५.  सलमान खान र संजय दत्त
सलमान र संजय ‘बेस्ट फ्रेण्ड’ हुन् । तर संजयले उदघोष गरिरहेको रियालिटि शो ‘बिग बोस’मा सलमान आउन थालेपछि भने यी दुईबीचको मित्रतामा तगारो आएको भन्दै मिडिया र बलिउड जगतमा कुरा चलेको थियो ।

तर संजय जेलमा हुँदा सलमान समयसमयमा उनलाई भेट्न गएको क्रियाकलापले भने यी दुईबीचको सम्बन्धमा चिसोपन नआएको प्रमाणित गरेको थियो । संजयले पनि उनीहरुको मित्रतालाई लिएर आएको प्रश्नको जवाफ दिँदै सलमान उनको मिल्ने साथी भएको र सधैं रहिरहने बताएका थिए ।

६.  अनुष्का शर्मा र कट्रिना कैफ
बलिउड सुन्दरी अनुष्का र कट्रिनाको मित्रता बलिउड र मिडिया कोहीबाट पनि लुकेको छैन् । दुबैले चलचित्र ‘जब तक है जान’ र ‘जीरो’ मा सँगै काम पनि गरेका छन् । र चलचित्र सँगै थुपै च्याट शोमा पनि यी दुई बेस्ट फ्रेन्डले एक-अर्काको तारिफ गर्नमा पनि पछि पर्दैनन् ।

तर कट्रिनाको मेकअप आर्टिस्टले उनलाई छोडेर अनुष्कासँग काम गर्न थालेपछि कट्रिना अनुष्कासँग निकै रिसाएकी थिइन् । तर चलचित्र जीरोमा सँगै काम गरेसँगै कट्रिनाको अनुष्काप्रति रिस सेलाएको हो ।

७.  अर्जुन कपूर र रणवीर सिंह
अर्जुन र रणवीरको मित्रता बलिउड यात्रा सुरु हुनुअघिदेखि नै थियो । तर चलचित्र ‘गुण्डे’मा सँगै काम गरेपछि भने यी दुईबीच ‘इगो प्रोब्लम’ले गर्दा मित्रतामा केही खतपट हुन सुरु भयो ।
तर एकअर्काबीच टाढिएको केही समयपछि नै यी दुईले एकअर्काको कमी महसुुस गर्न थाले । अन्तत यी दुई पुन गहिरो साथी बने ।

पछिल्लो समय यी दुईजनाको जोडी अर्वाड शो, च्याट शो र सामाजिक सञ्जालहरुमा एक अर्काको खुट्टा तान्दै मित्रतालाई अझै प्रगाढ बनाउने कोशिसमा छन् । दुवैले कार्यक्रमहरुमा बोल्दै “ऐ दोस्ती हाम कभी नहिं तोडेंगे” भन्दै आफनो मित्रताको गाढापन देखाउदै आइरहेका छन् ।

८. सलमान खान र प्रीति जिन्टा
सलमानको बलिउडमा सबैभन्दा मिल्ने साथी भनेको अभिनेत्री प्रीति जिन्टा हुन् । जब प्रीतीले अभिनय छोडेर निर्माणमा हात हाल्ने निर्णय लिइन् त्यो समयमा सलमान उनको साथ खडा भए ।

प्रीतिले चलचित्र ‘इश्क इन पेरिस’ निर्माण गर्दा उनी आर्थिक संकटमा परेकी थिइन् । आर्थिक संकटका कारण चलचित्र निर्माणमा र रिलिजमा निकै ढिलाइ भएको थियो । त्यो अप्ठ्यारो समयमा सलमानले प्रीतीलाई आर्थिक सहयोग गरि चलचित्र रिलिज पनि गर्न सहयोग गरेका थिए ।

सलमानको यस्तो गाढा मित्रताकालागि प्रीतीले सलमान एक मात्र त्यस्ता व्यक्ति हुन जो हरेक समय उनको साथ चट्टानको रुपमा अडिग भएका हुन भन्दै सलमानको मित्रताको तारिफ गरेकी छिन् । यी दुईबीचको मित्रतामा अहिलेसम्म पनि केही खटपट आएको छैन ।

प्रकाशित मिति: Aug 7, 2019

प्रतिक्रिया दिनुहोस्