Logo
१३ बैशाख २०८१, बिहीबार
(August 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हैरान, थकान भई कसरी काम गर्ने ? तर्सथ, कर्मचारीलाई पुर्नताजगी विदा दिनुपर्छ : जनार्दन शर्मा

पुर्वमन्त्री तथा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद जनार्दन शर्माले सरकारी कर्मचारीलाई पुनर्ताजगी (रिफ्रेसमेन्ट) विदा दिने प्रस्ताव गरेका छन् ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ११५ मा निजामती कर्मचारीले पाउने विदा सम्बन्धी व्यवस्था छ ।

मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा ‘निजामती कर्मचारीले पाउने विदा’ सम्बन्धी व्यवस्थामाथिको छलफलमा उनले भने, ‘कतिपय विदा यस्तो पनि हुनपर्यो । हैरान भई, थकान भईकन कसरी काम गर्ने रु पुनर्ताजगी विदा पनि हुन पर्‍यो । झन् थाकेर आउने विदा कहाँ हुन्छ?’

यही व्यवस्थामाथिको छलफलमा भाग लिँदै समिति सदस्य शर्माले कर्मचारी विदामा बसेपछि पुनर्ताजगी भएर अफिस आउनुपर्ने उल्लेख गर्दै ‘घर विदा’ भन्ने व्यवस्था हटाएर ‘पुनर्ताजगी विदा’ भनेर लेख्ने प्रस्ताव गरेका हुन् ।

‘घर विदा काटेर पुनर्ताजगी विदा लेखौं । नाम मिलेन यो’, शर्माले अझै थपे, ‘फ्रेस भएर आउने हो नि त । झन् टेन्सन बोकेर अफिस आउने हो भने कामै हुँदैन । विदाको अर्थ के होला र ?’

तर, सांसद शर्माको प्रस्तावअनुसार समितिले भने निर्णय गरेन । हाल कर्मचारीले घर विदा ३० दिन पाउँदै आएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाका अनुसार हाल कर्मचारीले १२ दिन काम गर्दा १ दिन घर विदा पाउने व्यवस्था छ । यसरी एक बर्षमा घर विदाको समय ३० दिन हुन आउँछ ।

समितिले बुधबार निजामती कर्मचारीले पाउने भैपरी आउने र पर्व विदा, घर विदा, विरामी विदा, प्रसुति विदा, प्रसुति स्याहार विदा, मृत्यु संस्कार (किरिया) विदा र अध्ययन विदाको व्यवस्थाका सम्बन्धमा भने सहमति जुटाएको छ । बेतलबी विदा र असाधारण विदासम्बन्धी व्यवस्थामा भने सहमति जुट्न सकेको छैन ।

हालको व्यवस्था अनुसार निजामती कर्मचारीले एक आर्थिक वर्षमा भैपरी विदा ६ दिन, पर्व विदा ६ दिन, घर विदा ३० दिन, विरामी विदा १२ दिन, प्रसुति विदा ९८ दिन, बेतलबी प्रसुति विदा ६ महिना, प्रसुति स्याहार विदा १५ दिन, अध्ययन विदा सुरुमा ३ वर्ष र यसमा २ वर्ष थप लिन सक्ने व्यवस्था छ ।

प्रकाशित मिति: Aug 6, 2019

प्रतिक्रिया दिनुहोस्